नेभिगेसन मेनु

फुर्वाको अर्को कीर्तिमान
समय:2021-05-27 03:41

गायक, निर्देशक तथा संचारकर्मी फुर्वा शेर्पाले एउटा अर्को रेकर्ड बनाउन सफल भएका छन् । हालै शेर्पाले आफूले रेकर्ड राखेको प्रमाणपत्र लिने क्रममा थप अर्को एउटा रेकर्ड राख्न सफल भएका हुन् । 

उनले हालै राखेको रेकर्ड चाहिँ विश्वको सर्वोच्च स्थानमा आफुले राखेको रेकर्डको आधिकारिक प्रमाणपत्र लिने व्यक्तिको रेकर्ड राखेका हुन् । शेर्पाले सन् २००४ मा 'गीत एक अक्षरको' नामक एल्बममा देवनागरी लिपिको एक अक्षर 'म' प्रयोग गरि गीत गाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए भने हालै त्यही गीतलाई यूकेको वर्ल्ड बुक अफ रेकर्डले समेत रेकर्डको रुपमा स्वीकार गर्‍यो ।  

यसैको आधिकारिक प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्डले फुर्वा शेर्पालाई सगरमाथाको बेसक्याम्पमा प्रदान गर्दा विश्व कै सर्वोच्च स्थानमा प्रमाणपत्र पाउनेको रेकर्ड समेत शेर्पाले राख्न सफल भएका हुन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर