नेभिगेसन मेनु

वरिष्ठ गायक स्वयम्भुराज शाक्यको निधन
समय:2021-05-26 04:55

बुध्द जयन्तीको पूर्वसन्ध्यामा बुध्द भजनका स्थापित वरिष्ठ गायक स्वयम्भुराज शाक्यको निधन भएको छ।

उनको गएराती निधन भएको थियो। धेरै बुध्द भजन गाएका शाक्यले बुध्द भजन श्रृखंला ज्ञानमाला भजन श्रृखंलामा पनि सहभागिता जनाएका थिए। ललितपुर निवासी शाक्यले लामो समय सांस्कृतिक संस्थानमा गायकका रुपमा काम गरी कयौं रंगमन्चका कार्यक्रमका साथै गीतिनाटकहरुमा पनि गाएका२०३० कै दशकमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तिर्ण गरेका गायक शाक्यले रेडियो नेपालमा विभिन्न गीत रेकर्ड गरेका थिए।

गीत प्रस्तुतिका लागि नेपालका विभिन्न जिल्ला तथा विदेशको भ्रमण पनि गरेका थिए। उनले गाएका नेपाली तथा नेवारी अर्थात भाषाका कयौं गीतका अल्बम सार्वजनिक छन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर