नेपाल तथा भारतका आरोहीहरुको टोली आज ल्होत्से हिमालको शिखरमा पुगेको छ।
आईएम एफ ईण्डियन एभरेष्ट मासिफ एक्सपिडिसन टिम आज बिहान ५ बजेर ५० मिनेटमा शिखरमा पुगेको अभियानको ब्यवस्थापन गरिरहेको पिक प्रमोशनले जनाएको छ। भारत सरकारको खेलकुदतथा युवा मामिला मन्त्रालयले प्रायोजन गरेको यो अभियान अन्तर्गत सफल आरोहीहरुमा भारतका स्टेनजिन देशल र सविता कन्सवाल छन भने नेपाली आरोहीहरु सोनाम छिरिङ लामा र आङ पास्ते शेर्पा छन।