नेभिगेसन मेनु

सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिलाको विश्व किर्तिमान
समय:2021-05-26 05:49

हङकङका यिन हङ साङले २५ घण्टा ५० मिनेटमा सगरमाथाको आरोहण गरी सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिला आरोहीको विश्व किर्तिमान कायम गरेकी छिन् ।

शनिबार दिउँसोको १ बजेर २० बजेमा आधार शिविरबाट आरोहण थालनी गरेका साङले आइतबार दिउँसो ३ बजेर१० मिनेटमा सगरमाथाको चुचुरो चुमी किर्तिमानी विजय प्राप्त गरेकी आरोहण आयोजक कम्पनी डिर्‍मर्श डेस्टिनेशन टेर्‍क्स एण्ड एक्सपिडिशन प्रमुख फुर्वा तेन्जिङ शेर्पाले जानकारी दिए। यसै सफलतासँगै उनले नेपालका फुन्जो जाङबु लामाको रेकर्ड तोडेकी छिन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्डस् का अनुसार लामाले यसअघि सन् २०१८ मा ३९ घण्टा ६ मिनेटमा सगरमाथा आरोहण गरी सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने महिलाको रेकर्ड कायम गरेकी थिइन् । अल्ट्रा धावक साङ हङकङकै पहिलो सगरमाथा आरोही समेत हुन् र यो उनको तेस्रो सफल सगरमाथा आरोहण हो । पेशाले पहिले कलेजस्तरको शिक्षिका रहेकी साङले आफ्ना विद्यार्थीहरुले प्रस्ताव गरेको चुनौती स्वीकार गर्दै पहिलो सगरमाथा आरोहण तयारी सन् २०१२ बाट थालनी गरेकी हुन् । सन् २०१४ मा खुम्बु आइसफलमा पहिरो जाँदा उनको पहिलो सगरमाथा आरोहण गर्ने सपना आधार शिविरसम्म पनि पुग्न नपाई तुहेको थियो भने सन् २०१५ को विनाशकारी भूकम्पमा आधारशिविरमै हिउँपहिरोमा परी उनी स्वयम् गम्भीर घाइते भएकी थिइन् । तर सन् २०१७ को मे २१ मा बल्ल उनको सगरमाथाको टाकुरा भेट्ने सपना साकार भयो । लगत्तै उनले सन् २०१९ मा पहिलो चिनियाँ महिला टोलीको नेतृत्व गर्दै सगरमाथा आरोहण गरेकी थिइन् भने सोही वर्ष दोलखा जिल्लामा अवस्थित ६६५९ मिटरको लिङ्कु चुली २ हिमाल पहिलो पटक आरोहण गर्ने समूहको पनि नेतृत्व सम्हालेकी थिइन् । आरोहण दलका मुख्य नाइके फुर्वा तेन्जिङ शेर्पा स्वयम् को पनि आरोहण सम्बन्धी थुप्रै विश्व रेकर्डहरु छन् । १४ पटक सफल सगरमाथा आरोहण गरेका शेर्पाको परिवारले यसपटक पनि सगरमाथा आरोहण गरेका एकै परिवारका धेरै सदस्यू को गिनिज रेकर्डलाई पुनः रचेका छन् । मिस टिन शेर्पा २०१९, द पब्लिक च्वाइस विजेता उनका कान्छी बहिनी निमा ल्हामु शेर्पाले गत मे १२ मा सगरमाथा आरोहण गरेपछि एकै परिवारका ८ सदस्यको नाममा उक्त रेकर्ड पुनः दोहोरिएको हो ।

यसअघि फुर्वा तेन्जिङ शेर्पाका दाजुहरु पेम्बा दोर्जेले २१ पटक, पेम्बा ग्याल्जेनले ४ पटक, फुर्वा थुण्डुले ४ पटक, निमा ग्याल्जेनले ९ पटक, दिदी दावा दिकीले १ पटक तथा भाइ फुर्वा थिले शेर्पाले ५ पटक सगरमाथाको सफल गरिसकेका छन् ।

आरोहण टोली अहिले ७९८० मिटरमा अवस्थित चौथो क्याम्पमा छन् । सबैजना सुरक्षित र स्वस्थ रहेको सम्पर्क अधिकृत सोना शेर्पाले जानकारी दिएका छन

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर