नेभिगेसन मेनु

७ जना नेपाली र भारतीय आरोही ल्होत्सेको शिखरमा
समय:2021-05-26 08:40

केप्स एभरेष्ट ल्होत्से अभियानका ७ जना सदस्यहरु आज ल्होत्से हिमाल चढन सफल भएका छन।

उनिहरु बिहान साढे ६ बजेदेखि साढे ९ बजेको समयभित्र ८ हजार ५ सय १६ मिटर अग्लो ल्होत्से हिमालको चुचुरोमा पुगेका थिए। यसरि सफल आरोहण गर्नेहरुमा नेपालका निमा शेर्पा, पस्तेम्बा शेर्पा, ल्हाक्पा शेर्पा र मिन्तेन्जी शेर्पा छन। यसैगरी भारतका रतनसिंह सोनल, सुमित सोम्रा र सुरेश क्षेत्री छन।

यस टोलीका अन्य सदस्यहरु मौसम अनुकुल हुना साथ ल्होत्सेतथा सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने भएको आरोहणको ब्यबस्थापन गरिरहेको सेभेनसमिट ट्रेक्सले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर