
आफ्ना बच्चाहरूको लागि आमाको प्रेम निस्वार्थ र असीमित हुन्छ। उनी दुख, पीडा र बिमारीमा पनि आफ्ना बालबच्चाको पेट भराउन बिर्सिदिनन्।
भारतमा भाईरल भएको एउटा फोटोले आमाको प्रेम त्यसरिनै देखाईएको छ। उनले खराब स्वास्थ्यको बावजुद खाना पकाउन काममा आफूलाई व्यस्त राखेकि छिन। भाइरल भएको फोटोमा एउटी महिला अक्सिजन लिएर भए पनि भान्सामा रोटी बनाइरहेकी देखिन्छिन। आमाको परिवारप्रतिको निश्वार्थ प्रेमलाई यो फोटोले प्रतिबिम्बित गरेको छ।