नेभिगेसन मेनु

सगरमाथा आरोहणमा जाँदै आरोही
समय:2021-05-23 04:04

ताउ–ते चक्रवत आँधीका कारण पर्वतारोहणमा प्रभाव पार्ने भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन भने पछि नाम्चे झरेका आरोहीहरु पुनः आरोहीका लागि सगरमाथा आधारशिविर तर्फ जाँदै ।

केही दिनको खराव मौसमले स्थगित भएको आरोहण पुनःशुरु हुने भएको छ । यस अघि बहराईनका राजकुमार शेख मोहम्मद हमाल अलिफाको टोली सहित केहीले सगरमाथाको चुचुरो पुगिसकेका छन् । बाँकी आरोहीहरु जाने क्रममा रहेको एजेन्सीहरुले जनाएको छ । 

यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताएका छन् ।

आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर