नेभिगेसन मेनु

डेड सय बढीले गरे सगरमाथाको आरोहण
समय:2021-05-23 10:17

ताउ–ते चक्रवतका कारण मौसममा आएको खरावी र कोरोना भाईरस संक्रमणका कारण स्थगित भएको सगरमाथा आरोहण शुरु भएको छ । आइतबार एक पटकमा करिव १५० जना भन्दा बढीले सगरमाथाको आरोहण गरेको छ । विहान ५ः०० बजेबाट शुरु भएको आरोहणबाट क्रमस डेड सय बढीले आरोहण सम्पन्न गरेको आधारशिविरमा रहेका आरोही गाइड टासिलाक्पा शेर्पाले जानकारी दिए । 

मौसम खरावीका कारण बाँकी आरोहण जेठ १५ मा मात्र गर्ने लक्ष राखेको छ । यस अघि वहराइनका राजकुमार शेख मोहम्मद हमाल अलिफासहितको टोलीले आरोहण सम्पन्न गरेको थियो । 

यता ३ भारतीय आरोही सहितत २५ जना भन्दा बढीले आज विहानै ल्होत्से हिमालको आरोहण सम्पन्न गरेको जनाएको छ । यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएर तयारी अवस्थामा आधार शिविरमा बसेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहण गर्ने यो आरोहीको सङ्ख्या हालसम्मकै उच्च भएको बताएका छन् ।

आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर