नेभिगेसन मेनु

हाँस्य कलाकार शिवहरि पौडेलको अवस्था सामान्य
समय:2021-05-17 04:33

हाँस्य कलाकार शिवहरि पौडेल अहिले बलम्बु अस्पतालमा उपचार गराई रहेका छन। तर उनको अवस्था सामान्य रहेको अर्का हाँस्य कलाकार जितु नेपालले बताएका छन। शिवहरि पौडेलसँग नियमित सम्पर्कमा रहेका जितु नेपालकै शब्दमा शिवहरि पौडेलको वर्तमान अवस्था कस्तो छ - 

म नियमित आदरणिय शिवहरि पौडेल दाइ सँग सम्पर्कमा छु। दाई घर नजिकै को बलम्बु अस्पतालमा रेस्ट गरिरहनु भएको छ। केही अनलाइन हरुमा समचार आए जस्तो आईसियुमा, भेन्टिलेटरमा हुँदै होईन।सामन्य बेडमै आराम गरिरहनु भएको र स्वास्थ एकदम ठिक छ,दाईकै अनुसार अबको २ र ३ दिनमा पुर्ण स्वास्थ्य लाभ गरि घर आउनुहुनेछ। कृपया अहिलेको परिस्थितिमा दाईको स्वास्थलाई लिएर अनावश्यक र भ्रामक कुराहरु न लेखिदिएर मनोबल घटाउने काम न गर्दिनु होला।यस्ता कुराले दाईको परीवार आफन्तजन,साथीभाई र दर्शकहरुलाई निरास र अन्योल न बनाईदिनु होला भनी शिवहरि दाई स्वयँमले अनुरोध गर्नु भएको छ। एक हप्ता अगाडि सामान्य रुघाखोकी र जीउ दुखेको र घरछेउको मेडिकलमा जचाँउदा हल्का अक्सिजन कमी देखिएकोले यस्तो बेलामा किन रिस्क लिनु घर नजिकै अस्पताल छ अस्पतालमै गएर डाक्टरहरुकै निगरानीमा रहँदा बेस हुन्छ भनेर अस्पताल भर्ना हुनु भएको र हाल स्वास्थ ठिक रहेको कुरा शिवहरी दाईको सम्पुर्ण सुभ चिन्तक दर्शक तथा सम्पूर्ण मिडियाहरुलाई जानकारी गराउदछु।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर