नेभिगेसन मेनु

नागेन्द्र श्रेष्ठ र हिरा काजीको ‘मिठो धोका’
समय:2021-05-13 04:42

काठमाडौं : टाढा टाढा धेरै टाढा, चाँदनीमा बग्छ खोला जस्ता कालजयी गीतका गायक वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठ र  गीतकार हिराकाजी थापाको जोडीको सहकार्यमा नयाँ सिर्जना पस्किएका छन्। 

यो जोडीको पछिल्लो सांगीतिक कोशेलीका रुपमा बजारमा आएको ‘मिठो धोका’ रिलिज गरिएको छोटो समयमा नै करिब २ लाख ६० हजार बढी दर्शकले हेरिसकेका छन्। 

लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएका थापा भर्सटायल व्यक्तित्वको रुपमा परिचित छन् भने हगंकगंमा बस्दै आएका टाढा टाढा धेरै टाढा, चाँदनीमा बग्छ खोला जस्ता कालजयी गीतका संगीतकार श्रेष्ठ पनि बहुआयामाक छन्।

ह्यागं इन्टरटेनमेन्टले आगामी दिनहरुमा झनै  उत्कृष्ट सांगीतिक कोशेलीहरु पस्किने गीतकार तथा निर्देशक थापाले बताए। गीतकार थापाका अनुसार ह्यागं इन्टरटेनमेन्टमा बहुचर्चित गायक प्रताप  दासको जोगी बोलको गीतको भिडियो दर्शकले केही समयमा नै हेर्न सुन्न पाउने छन्। 

त्यस्तै बानीका प्रधानको स्वरमा रहेको माली बोलको गीत पनि दर्शकले केही दिन भित्रमा नै हेर्न सक्नेछन्।  जसमा शिखर सन्तोषको संगीत तथा फणिन्द्र राईको एरेन्ज रहेको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर