नेभिगेसन मेनु

६९ औं मिस युनिवर्समा नेपालको तर्फबाट पर्वतारोहीको पोशाक
समय:2021-05-12 10:04

६९ औं मिस युनिवर्समा नेपालको तर्फबाट राष्टि्रय पोशाक पर्वतारोहीको सम्झनामा समर्पित गरिने भएको छ । हरेक वर्ष विश्वभरबाट मानिसहरु पर्वतारोहणका लागि नेपाल आउने भएकाले मिस युनिवर्समा समेत पर्वताराहणमा प्रयोग गरिने पोशाकबाट विश्वमा चिनाइने भएको छ । 

मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणका लागि अंशिका शर्मा यसअघि नै अमेरिका प्रस्थान गरिसक्नु भएको छ । मिस युनिवर्स यही मे १६ का दिन हलिवुड (फ्लोरिडा) को सेमिनोल हार्ड रक होटल एण्ड क्यासिनोमा हुँदैछ । राषि्ट्रय पोशाक प्रदर्शन कार्यक्रम भने मिस युनिवर्स फाइनलभन्दा अघि यही मे १३, बेलुका ८ बजे (मियामी समय) र नेपाली समय मे १४ बिहान ५ः४५ मा हुदैंछ । राषि्ट्रय पोशाक पर्दशन मिस युनिवर्सको यूट्यूब च्यानलमा प्रत्यक्ष प्रसारण गरिनेछ । ६९ औं मिस युनिवर्स प्रतियोगिता भने मे १६ बेलुका ८ बजे (मियामी समय ) मा प्रत्यक्ष प्रशारण हुँदैछ । नेपाली समय मे १७ बिहान ५ः४५ मा हुनेछ । 

मिस युनिवर्स राषि्ट्रय पोशाक कार्यक्रमका लागि अंशिका शर्माले बीना घलेको सिर्जना 'ओड टु माउन्टेनर' (पर्वतारोहीको सम्झनामा) मा पहिरिनु हुनेछ । नेपालको राषि्ट्रय पोशाक विश्वका सबै पर्वतारोहीहरूलाई र विशेषगरी नेपालका अग्ला हिमाल, शेर्पा गाइडहरूको सम्मान स्वरूप डिजाइन गरिएको आयोजकले जनाएको छ ।

विश्वका सबैभन्दा अग्ला चुचुराहरू आरोहण गर्न सफल कयौ व्यकि्तहरुका लागि नेपालको प्रदर्शन ऐतिहासिक सावित हुने विश्वास गरिएको छ । डिजाइनर बिना घलेका अनुसार राषि्ट्रय पोशाक पर्वतारोहणका क्रममा लगाइने जम्प्सुटको डिजाइनर संस्करण हो । शेर्पा बक्खुबाट प्रेरित भइ सेतो ब्रोकेडबाट एवेरेस्ट आउटि्पट्सले सो जम्प्सुटको डिजाइन गरेको हो ।

मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठका अनुसार समाजसेवी महाबीर पुनको नेतृत्वमा नेपालको राषि्ट्रय अनुसन्धान केन्द्रले सो राषि्ट्रय पोशाकको कलात्मकतालाई आवश्यक मेकानिकल र प्राविधिक सहयोग गरेको छ । यसबाहेक, पोशाकमा शेर्पा समुदायको गहना र पोशाकमा रहेको कढ़ाई मार्फत पनि प्रतिनिधित्व गरिएको छ । हेडगेयर, अकि्सजन मास्क, कलर, ग्लोभज, र बुटहरूमा रहेको धातु र बहुमूल्य पत्थरहरु ३० बर्ष भन्दा बढी अनुभव भएका हस्तकलाकारहरुको मेहनत मिसिएको निर्देशक श्रेष्ठले बताए । गहनामा रहेका सबै धातुहरूमा २४ –क्यारेट सुनको जलप लगाइएको छ भने टर्केज पत्थरको सबै भन्दा बढि प्रयोग भएको छ ।

विश्व प्रसिद्ध'मिस युनिवर्स'को फ्रेन्चाइज नेपालमा भित्र्याउनु भएको नग्माले सन् २०१७ को 'मिस युनिभर्स ' नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक सहभागिता जनाउनु भएको थियो ।

सन् २०१७, २०१८ र २०१९ मा नेपालले राषि्ट्रय पोशाकमा आफ्नो परम्परा र सम्पदा सम्बन्धी प्रदर्शन गरेको थियो । ती वर्षहरुमा मिस यूनिवर्स नेपालका विजेताहरूले लगाएको डिजाइनर पोशाकहरू नेपाली आध्याति्मकता र धार्मिकतामा आधारित थिए । यस वर्ष भने मिस युनिवर्स नेपाल २०२० ले हिमाल तथा हिमाल आरोहणमा आधारित राषि्ट्रय पोशाकका साथ नेपालको पहिचानलाई विश्वमाझ अझ बढी उचाइमा पुर्याइने विश्वास लिइएको छ ।  

त्यस्तै, शीर्ष २१ स्थानमा अंशिकालाई सोझै प्रवेश गराउन भोटिङ लाइनहरू मिस युनिवर्स फाईनलको एक दिन अगाडि बिहान मे १६ सम्म गर्न सकिनेछ । मिस युनिभर्स एप (एक भोट सित्तैमा) बाट वा खल्ती डिजिटल वालेट मार्फत नेपालबाट भोट गर्न सकिनेछ । 

विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ ले पहिलो बन्नको लागि 'मिस युनिवर्स' मा प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट क्रमशः १०, ५ हुँदै विजेता घोषणा हुनेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर