नेभिगेसन मेनु

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब आज सुरु हुदैं
समय:2021-05-07 05:17

पूर्व निर्धारित समयभन्दा २ महिन ढिलो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब आजबाट सुरु हुदैंछ। आज दिउँसो १ बजेदेखि भर्चुअल माध्यमबाट महोत्सबको सुरुआत हुँदैछ जसमा जुरी सदस्यहरुका साथै नेपाली चलचित्रका महत्वपूर्ण व्यक्तित्वहरु तथा अन्य अतिथिहरुले घरैबाट मन्तव्य राख्ने कार्यक्रम रहेको छ।

विश्वभरिका कथाका उत्सब नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब नारा दिईएको महोत्सबमा आज २ बजेपछि नेट टिभीमा महोत्सब आयोजक समितिले छानेका ३ वटा छोटा चलचित्रका साथै एउटा बृत्तचित्र र एउटा फिचर फिल्म हेर्न पाईनेछ।

आजै हुने चलचित्र सम्बन्धि अन्तरक्रियामा भारतीय चलचित्र जगतमा स्वतन्त्र चलचित्र निर्माणमा बेग्लै पहिचान बनाएका अनुराग कश्यपसंग छलफल गर्न सकिने छ। उनीभारतीय चलचित्रका लेखक निर्माता निर्देशक सम्पादकतथा अभिनेता समेत हुन। उनीसँग भारतीय तथा विश्वको चलचित्र निर्माणको अवस्थाबारे फेसबुक मार्फत प्रत्यक्ष सम्पर्क गर्न सकिने छ। महोत्सब ५ दिनसम्म संचालन हुनेछ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर