नेभिगेसन मेनु

यी हिरोइनहरु साँच्चै गर्भवती भएकी थिइन्...
समय:2021-05-05 04:21

अफवाह भनौं वा फेक न्युजका कारण धेरै सेलिब्रेटीहरु पीडित बन्दै आएका छन्। बलिउडमा त्यस्ता हिरोइनहरु पनि छिन्, जसले गर्भवतीको हल्लाले पीडित भइन्।

करिना कपुर टिनएजमै गर्भवती भएको हल्ला एक कान दुई कान मैदान भएको थियो। त्यतिबेला उनी कक्षा ९ मा पढ्थिन्। उक्त हल्लाले करिनालाई झन्डैले डिप्रेसन बनाएको थियो।

त्यस्तै इलियाना डीक्रुजले पनि गर्भवती भएको अफवाहले पीडित भइन्। आफूबारे प्रकशित उक्त समाचार देखेर उनी खुब हाँसेकी थिइन्। समाचारमा इलियानाले एबर्सन गराएकोसमेत उल्लेख थियो। त्यो पढेर उनलाई नरमाइलो पनि लाग्यो। कोही किन कसैको भद्दा मजाक गर्छ भन्दै उनले एक अन्तर्वार्तामा बताएकी थिइन्। 

त्यस्तै यस्तै खबरले अभिनेत्री गौहर खान पनि पीडित भइन्। एक मिडियामा उनी गर्भवती भएको समाचार प्रकाशित भएपछि त्यो हल्ला फैलिएको थियो। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर