नेभिगेसन मेनु

कोभिडबाट टेलिभिजन प्रस्तोताको निधन
समय:2021-05-03 09:42

भारतका चर्चित टेलिभजन प्रस्तोता रोहित सर्दाना कोरोनाबाट निधन भएको लगत्तै अर्की भारतीय टेलिभिजन प्रस्तोताको पनि  कोरोनाबाटै निधन भएको छ।  भारतीय टेलिभिजनमा टेलिफिल्मकि  अभिनेत्री तथा टेलिभिजन कार्यक्रम प्रस्तोता कानुप्रियाको कोविड १९ बाट निधन भएको छ। उनले कयौं टेलि फिल्महरुमा भूमिका निभाएकी थिईन। भंवर,कहि एक गाव, कर्तव्य, मेरी कहानी,  तुम्हारा इन्तेजार है साथै टेलिफिल्ममा उनले शशक्त भूमिका निभाएकि थिईन। उनले ब्रहाकुमारी राजयोग केन्द्रद्वारा संचालित पिस एण्ड माईण्ड टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा पनि कार्य गरेकि थिईन।

ब्रह्मा कुमारी संस्थाकातर्फबाट बहिनी बीके शिवानीले उनको मृत्युमा शोक व्यक्त गर्दै उनि उच्च उद्देश्यका लागि सुन्दर संसार सिर्जना गर्न बाँचिरहेकि थिईन भन्ने धारणा व्यक्त गरेकि छिन।

कानुप्रियाले आफ्नो करियर एक अभिनेत्रीको रूपमा शुरू गरेकी थिइन। उनले  ८० भन्दा बढी कार्यक्रममा आफ्नो भूमिका निभाएकी थिईन। उनले आफूलाई टिभी कार्यक्रम प्रस्तोता र फिल्म निर्माताको रूपमा स्थापना गरेकि थिईन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर