नेभिगेसन मेनु

नेहाका पूर्वप्रेमी भन्छन्- उनी अगाडि बढिसकिन्, म सपनाको जिन्दगी जीउँदै छु
समय:2021-04-30 04:48

बलिउड गायिका नेहा कक्कड र अभिनेता हिमांशु कोहलीको प्रेम कहानी सबैलाई थाहा होला। यी दुईबीचको प्रेम सम्बन्ध सन् २०१८ मा विच्छेद भएको थियो।

त्यसपछि गत वर्ष नेहा कक्कडले रोहनप्रीत सिंहसँग विवाह बन्धनमा बाँधिएकी थिइन्। विवाहअघि भने नेहाले हिमांशुलाई विभिन्न आरोप लगाउँदै आएकी थिइन्। ती आरोपहरुको हिमांशु खण्डन गर्दै आएका थिए।

हिमांशुले बलिउड बबलसँग कुरा गर्दै भनेका छन्- त्यो मेरो ब्रेकअप थियो। मेरो घरमा के भएको थियो, म संसारलाई बयाण गर्दै किन हिँडौं? कुनै मान्छेलाई यो विषयमा किन लगाव हो?'

उनले नेहालाई कुनै आरोप नलगाउने स्पष्ट पारेका छन्। 'म नेहालाई कुनै आरोप लगाउन चाहन्न। उनी अगाडि बढिसकिन्। उनी खुसी पनि छिन्। म उनको लागि खुसी छु। आफ्नो लागि पनि खुसी छु। म आफ्नो सपनाको जिन्दगी जीउँदैछु। पैसा कमाइहेको छु। धेरैभन्दा धेरै अडियन्सलाई मनोरञ्जन प्रदान गरिरहेको छु,' उनले भनेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर