नेभिगेसन मेनु

निषेधाज्ञामा पनि हिमालमा चहलपहल
समय:2021-04-30 04:56

कोरोनाको संक्रमणले विश्वलाईनै सताई रहेको बेला कयौं मुलुकका विदेशी भने नेपालको हिमालमा स्वच्छ हावाको आनन्द लिदैं मोहित भैरहेका छन। उनिहरुले नेपालका हिमाललाई सुरक्षित गन्तव्य ठानेर यसरि नेपालको भ्रमणमा आएका हुन। पर्यटन विभागका अनुसार यसपाली वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि अनुमति लिने टोलीहरुको संख्या ८४ पुगेको छ जसमा ५  सय ७८ जना पुरुषतथा १ सय ६१ जना महिलाहरु छन। १ जना तेश्रो लिङ्गीले पनि आरोहण अनुमति पाएका छन।

नेपालका हिमालहरु मध्ये विगतको जस्तै यसपालीको वसन्त ऋतुमा पनि सगरमाथामा बढी चाप देखिएको छ। सगरमाथामा ४४ वटा टिमले आरोहण अनुमति पाएका छन। ती टोलीमा ३ सय १५ जना पुरुष,९२ जना महिलातथा एकजना तेश्रो लिङ्गी गरी ४ सय ८ जना छन।

यसपटक दोश्रो चाप ल्होत्से हिमालमा देखिएको छ। यस हिमालमा विभिन्न १३ वटा टोलीमा ९४ जना पुरुष र २३ जना महिला गरी १ सय २३ जना आरोही छन। 

यसैगरी तेश्रो चाप रहेको धौलागिरी हिमालमा २१ जना पुरुष र १२ जना महिला गरी ३३ जना जादैंछन जसमा नेपाली महिला आरोहीहरु पनि छन। यस्तै अन्नपूर्ण र नुप्से हिमालमा चार चारवटा टोली रहेका छन जसमध्ये हालै ६ जना नेपाली महिला आरोहीहरु पहिलो पटक अन्नपूर्ण हिमालको शिखरमा पुग्न सफल भएका थिए।

यस्तै आमादब्लम, बरुन्त्से, मकालु र पुमोरीमा दुई दुई टोली छन भने मनास्लु,तेङकाङपोचे, हिमलुङ ,मुस्ताङ, सरिबुङ,तिलिचो र टुकुचेमा एक एक टोलीले प्रयास गर्दैछ। 

नेपाल सरकारले यस पटकको वसन्त ऋतुमा हिमाल आरोहण सम्बन्धि अनुमति पत्र दिएर मात्र कूल ५४ करोड ९२ लाख १४ हजार राजस्व संकलन गरिसकेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर