नेभिगेसन मेनु

कोरोना पिडितको कोभिड वार्डमै बिबाह
समय:2021-04-29 06:19

अहिले बिबाहको लगनमा सिमित मानिसको उपस्थितिमा बिबाह भैरहेको छ। यस्तो कर्म गर्दा स्वास्थ्य सम्बन्धि सुरक्षाका उपायहरु अपनाईने गरिएको छ। तर भारतमा पहिलो पटक संक्रमितको कोभिड वार्डमै बिबाह भएको छ।

भारतको केरलामा एक महिला तथा पुरुषले कोभिड वार्डमै बिबाह गरेका छन। केरलाको अलाप्पुझा मिडिया कलेजको कोभिड वार्डमा एक जोडीको बिबाह भएको हो। बिबाहमा दुलहीले पिपिई लगाएर गएकि थिईन। 

मिडिया रिपोर्टका अनुसार केहि दिन पहिला दूलहा शरतलाई कोरोना पॉजिटिव भएको थियो। उनि कोरोना वॉर्डमा आइसोलेशनमा रहेका थिए। यसैकारण बिबाहका लागि दुलही अभिरामी पिपिई लगाएर कोरोना वार्डमा गएकि थिईन। 

दुलहा शरत विदेशमा काम गर्दथे। उनलाई बिबाहको तयारीको सिलसिलामा कोरोना पोजिटिभ भएको थियो। केही समयपछि दुलहाकि आमालाई पनि कोरोना सरेको थियो।

दुलहा शरत र उनको आमा दुबैलाई केरलाको अलप्पुझा मेडिकल कलेजको कोभिड वार्डमा भर्ना गरिएको थियो। यसैबिचमा दुलहा र दुलही पक्षका मानिसहरु पहिलेनै निश्चित गरिएको तिथिमा बिबाह गर्न राजी भएका थिए। स्थानीय प्रशासनसंग अनुमति लिएपछि कोभिड वार्ड भित्रै बिबाह गरिएको थियो

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर