नेभिगेसन मेनु

पर्यटन र उत्पादन प्रवर्द्धनका लागि चौँरी महोत्सव हुने
सम्पादक:南亚网络电视
समय:2026-04-04 12:47

 

 Yak-dance

काठमाडौँ, चैत २१ गते । हिमाली क्षेत्रको मौलिकतासँग जोडिएको चौँरी र त्यसबाट बन्ने उत्पादनको प्रवर्द्धन गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यले पाँचथरमा नवौँ संस्करणको चौँरी महोत्सव आयोजना गरिने भएको छ । फालेलुङ गाउँपालिका-४ चाररातेमा चैत ३० देखि वैशाख २ गतेसम्म 'नवौँ फालेलुङ चौँरी पर्यटन महोत्सव-२०८३' सञ्चालन हुन लागेको हो।

नेपाल-भारत सीमावर्ती उच्च हिमाली भूभागमा पर्ने चारराते क्षेत्रमा आयोजना हुने यस महोत्सवले चौँरीपालन, घिउ, छुर्पी र चिजजस्ता वस्तुको प्रवर्द्धन तथा बजार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नयाँ वर्षको अवसर पारेर विगत नौ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सव यस वर्ष पनि सोही परम्पराअनुसार सञ्चालन हुन लागेको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि करिब तीन हजार ५०० मिटर उचाइमा रहेको चारराते क्षेत्र चौँरीपालनका लागि उपयुक्त स्थान मानिन्छ । महोत्सवका आयोजक तथा प्रवर्द्धक संस्थाले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्षको महोत्सवमा पाँच सयभन्दा बढी चौँरी तथा तिनका प्रजातिको प्रदर्शनी गरिने जानकारी दिइएको छ । साथै, चौँरीजन्य उत्पादनका विभिन्न परिकार तथा वस्तुको प्रदर्शनी र बिक्रीका लागि स्टलहरूको व्यवस्था गरिनेछ ।

महोत्सवका क्रममा पर्यटकलाई हिमाली जीवनशैलीका बारेमा जानकारी गराउन याक र घोडा चढ्ने जस्ता गतिविधि सञ्चालन गरिने आयोजक कञ्चनजङ्घा याक चिज उत्पादक समूहका अध्यक्ष रामचन्द्र गुरुङले बताउनुभयो । महोत्सवमा कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय, पदमार्गमा आधारित पर्यटन विकास परियोजना, कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालय लगायतका संस्थाहरू प्रवर्द्धकका रूपमा रहेका छन् ।

महोत्सवमा नेपालका विभिन्न जिल्लाका साथै भारतको पन्जाब, पश्चिम बङ्गाल, कोलकाता तथा भुटानलगायतका मुलुकबाट गरी पाँच हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । यस अवसरमा उत्कृष्ट चौँरीपालक किसानलाई सम्मान, मैत्रीपूर्ण फुटबल प्रतियोगिता, याक नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ । १० लाख रुपैयाँको लागतमा सम्पन्न हुने लक्ष्य राखिएको यस महोत्सवमा फुटबल विजेतालाई ४० किलो र उपविजेतालाई २० किलो शुद्ध चौँरीको घिउ पुरस्कारस्वरूप प्रदान गरिने आयोजकले जनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर