नेभिगेसन मेनु

साफ यु–१९ महिला च्याम्पियनसिप : नेपालको पहिलो खेल भारतसँग
सम्पादक:南亚网络电视
समय:2026-01-20 17:53

 

 saff-98 (1)

काठमाडौँ, माघ ६ गते । पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले मङ्गलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालको पहिलो खेल भारतसँग परेको हो ।

पोखरा रङ्गशालामा हुने च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश र भुटान चार टोलीको सहभागिता रहनेछ ।

सिंगल राउन्ड रोविन लिगका आधारमा हुने खेलमा लिगपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर