नेभिगेसन मेनु

चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
सम्पादक:南亚网络电视
समय:2025-12-31 12:03

 

 china

जिउक्वान, पुस १६ गते । चीनले मङ्गलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट सफलतापूर्वक नयाँ उपग्रह अन्तरिक्षमा पठाएको छ । लङ मार्च-४बी रकेटमार्फत प्रक्षेपण गरिएको ‘तियानहुई-७’ उपग्रह स्थानीय समयअनुसार दिउँसो १२ः१२ बजे उडान भरेको हो । 

प्रक्षेपण केन्द्रका अनुसार उपग्रह तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरिसकेको छ । यो उपग्रह मुख्य रूपमा भौगोलिक नक्साङ्कन, भूमिस्रोत सर्वेक्षण तथा वैज्ञानिक अनुसन्धानका कार्यमा प्रयोग गरिने बताइएको छ । उक्त प्रक्षेपण लङ मार्च रकेट शृङ्खलाको ६२२औँ उडान मिसन हो । चीनको अन्तरिक्ष प्रविधि तथा पृथ्वी अवलोकन क्षमतामा यो प्रक्षेपणले थप प्रगति दर्शाएको छ । रासस/सिन्ह्वा 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर