नेभिगेसन मेनु

चीनको अन्तरिक्ष योजनाः नयाँ उपग्रह समूहले इन्टरनेट सेवा सुदृढ पार्ने
सम्पादक:南亚网络电视
समय:2025-12-13 12:55

 

 net-chaina

वेनचाङ, हेनान, मङ्सिर २६ गते । चीनले हेनान प्रान्तको वेनचाङमा रहेको व्यावसायिक प्रक्षेपण केन्द्रबाट लङ मार्च-१२ रकेटमार्फत नयाँ इन्टरनेट उपग्रह समूह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । बिहान ७ बजे प्रक्षेपण भएको यस रकेटले तल्लो-कक्षमा सञ्चालन हुने उपग्रहको १६ औँ समूह बोकेको थियो ।

प्रक्षेपणपछि सबै उपग्रह तोकिएको कक्षामा सुरक्षितरूपमा प्रवेश गरेका छन् । यी उपग्रहको सञ्चालनले चीनको इन्टरनेट सेवालाई द्रुत, स्थिर र व्यापक बनाउने अपेक्षा गरिएको छ । साथै, दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार गर्न र आपतकालीन सेवामा पनि यसको प्रयोग हुने जनाइएको छ ।

लङ मार्च-१२ नयाँ पुस्ताको विश्वसनीय रकेट हो, जसले भारी पेलोडलाई उच्च सफलतासाथ कक्षामा पुर्याउने क्षमता राख्छ । चीन निरन्तर उपग्रह प्रक्षेपणमार्फत विश्वस्तरीय उपग्रह-इन्टरनेट प्रणाली निर्माण गर्ने लक्ष्यमा अघि बढिरहेको छ । रासस/सिन्ह्वा 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर