नेभिगेसन मेनु

पाकिस्तानको अदालतमा विस्फोट, १२ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2025-11-12 13:53

 

 bom (1)

इस्लामावाद, कात्तिक २६ गते । पाकिस्तानको राजधानी इस्लामाबादको जिल्ला अदालत बाहिर मङ्गलबार भएको आत्मघाती विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नकवीले मिडियालाई बताउनु भएको छ ।  

उहाँले आत्मघाती विस्पोट न्यायिक परिसरमा भएको उल्लेख गर्दै उक्त स्थनमा धेरै जिल्ला अदालत रहेको बताउनु भएको छ । प्रहरी र उद्धार टोली तुरुन्तै घटना स्थलमा पुगी शव तथा घाइतेलाई पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा लगिएको जनाइएको छ । घाइते मध्ये इस्लामाबादको मिडिया शाखाका केही अधिकारीको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार आक्रमणकारी न्यायिक परिसरमा प्रवेश गर्न चाहेको तर कडा सुरक्षा घेरा पार गर्न नसकेपछि अन्ततः परिसर बाहिर प्रहरीको गाडीमा आक्रमण गरेको जनाइएको छ । विस्फोटको कारण केहि गाडीमा आगो लाग्नुका साथै केही क्षतिग्रस्त भएको जनाइएको छ ।  

घटनास्थलबाट आत्मघाती आक्रमणकारीले शरीरका अङ्ग बरामद गरेको प्रहरीले जनाएको छ भने फरेन्सिक टोलीले आक्रमणकारीको पहिचान गर्ने प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासनले अदालत परिसर खाली गरेको छ भने सुरक्षा विभागले उक्त क्षेत्रमा खोजी अभियान सुरु गरेको जनाइएको छ ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ । यद्यपि, सुरक्षा स्रोतलाई उदृत गर्दै सिन्ह्वाले अफगानिस्तानबाट सञ्चालित प्रतिबन्धित सङ्गठन तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) ले आक्रमण गरेको जनाएको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर