नेभिगेसन मेनु

पाकिस्तान र इराकको जेलबाट ५६० जना अफगान कैदी जेल मुक्त भई स्वदेश फिर्ता
सम्पादक:南亚网络电视
समय:2025-11-21 12:00

 

 jail

काबुल, मङ्सिर ५  गते । गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिक जेल मुक्त भई अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

रिहा गरिएका मध्ये दुई महिना सम्म पाकिस्तानी जेलमा रहेका ५१७ जना अफगान कैदी दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सिमा हुँदै घर फर्केको जनाइएको छ । इराकमा छ-देखि नौ महिना कैदमा रहेका थप ४८ जना अफगानीलाई पश्चिमी निमरोज प्रान्तको पुल-ए-अब्रेसम सीमाबाट स्वदेश फिर्ता गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

गत जुलाईमा सार्वजनिक परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार दश हजार भन्दा बढी अफगान नागरिक विदेशमा, बन्दी बनाइएका छन् भने तिनीहरुमध्ये अधिकाशं इरान र पाकिस्तानमा रहेका थिए । रासस/सिन्ह्वा 

 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर