काठमाडौँको कोहिनुर हाउजिङसँगैको मनुमति खोलाले क्षति पुर्याएको ठाउँमा सडक मर्मतको काम थालिएको छ । अहिले महानगर प्रहरी खोला किनारमा वाल लगाउने र सडक मर्मत गर्ने काममा जुटेका हुन् ।
शुक्रवार रातिदेखि परेको पानीका कारण मनुमति खोलामा बाढी आउँदा किनारको सडक नै भत्काएको थियो । सडकसँगै जोडिएका घरसमेत जोखिममा परेका छन् ।
शनिवार पनि नेपाल प्रहरी र महानगर प्रहरीको टोलीले बाँस राखेर बाढी रोकथामका उपाय अपनाएका थिए । खोलाको बाढी घटेर सामान्य भएपछि आज बिहानैदेखि थप मर्मतको काम थालिएको हो ।