इलाममा गएको बाढी-पहिरोका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। ६ वटा पालिकामा गएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सूर्योदय नगरपालिका-१ मा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। त्यस्तै, इलाम नगरपालिका-६ मा ६ जनाको मृत्यु भएको छ। देउमाइ नगरपालिकामा दुई जना, खापखुकपुङ गाउँपालिकामा एक जना, माङ्सेबुङका तीन जना र माइजोकमाइ गाउँपालिकामा आठ जनाको मृत्यु भएको डिएसपी थापाले बताए।
सन्दकपुर गाउँपालिकाका तीन जनाको मृत्यु भएको हो। माङ्सेबुङबाट नेपाली सेनाले दुई जनाको हेलिकप्टरबाट उद्धार गरेको छ। एक जना पुरूष र एक जना गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरी विराटनगरस्थित अस्पताल पठाइएको छ।