नेभिगेसन मेनु

बाढीपहिरोले ठाउँठाउँमा बीपी राजमार्ग अवरुद्ध, यी हुन् वैकल्पिक मार्ग
सम्पादक:南亚网络电视
समय:2025-10-05 17:38

 

 

  Weixin Image_20251005152107

बीपी राजमार्गको बर्दिवास–सिन्धुलीमाडी खण्डको हर्दियामा पहिरो पन्छाएसँगै खुर्कोटसम्मको ७६ किलोमिटरमा यातायात सञ्चालनमा आएको छ । खुर्कोट–नेपालथोक ३४ किलोमिटर खण्डको कानढुंग्रीनजिक एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

पूर्वतर्फबाट काठमाडौं जान चाहनेले खुर्कोटबाट सुनकोशी नदी पार गरेर रामेछाप, दोलखा हुँदै यात्रा गर्न सक्ने व्यवस्था रहेको छ । नेपालथोक–धुलिखेल खण्डमा भने गत वर्षझैं यस वर्ष पनि नेपालथोकबाटै रोशी खोलाले ट्य्राक सडक अधिकांश बगाएका छन् । स्थानीयका अनुसार बाढी नघटेसम्म पुनः ट्य्राक बनाउन नसकिने अवस्थामा छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीमाडी–हेटौंडा खण्डको मरिण र हरिहरपुरगढी गाउँपालिकाको हाक्पारामा खसेका पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । यी दुई स्थानमा पहिरो हटाएपछि हेटौंडा हुँदै पनि काठमाडौं जान सकिने सम्भावना रहेको छ ।

खुर्कोटबाट रामेछाप–दोलखा हुँदै काठमाडौं गएका नवराज कार्कीले वैकल्पिक बाटो प्रयोग गर्नुको विकल्प नभएको बताए । 'जरुरी पर्नेले वैकल्पिक सडक प्रयोग गर्नुपर्छ, अन्य यात्रीले एक–दुई दिन पानी घटेपछि यात्रा गर्दा हुन्छ,' उनले भने ।

नेपालथोकदेखि खुर्कोटसम्मका कमेरेफाँट, रिठ्ठेभीरलगायत स्थानमा खसेको पहिरो पन्छाएर यातायात आंशिक रूपमा सञ्चालन गरिएको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालले जानकारी दिइन् ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर