नेभिगेसन मेनु

नुवाकोटको लौके झरनामा पर्यटकको आकर्षण बढ्दै
सम्पादक:南亚网络电视
समय:2024-09-04 12:50

Lauke-Waterfail-More-People-Nkt-1_drxyHl7hG9_ZMiHRBhOMX

१९ भाद्र २०८१,नुवाकोट : नुवाकोटको शिवपुरीमा रहेको आकर्षक लौके झरनामा स्नान गरेर रमाउनेको भीड लागेको छ।  सो स्थानमा आन्तरिक र बाहय पर्यटकको घुइँचो लाग्न थालेको छ। 

नुवाकोटको सदरमुकाम विदुर र राजधानी काठमाडौंबाट नजिकै रहेको शिवपुरीमा सो झरनामा दैनिक एकसय भन्दा बढी पर्यटक पुगिरहेका छन्। शनिवार र बिदाको दिन पर्यटक धेरै आउने गरेका छन्। 

शिवपुरी गाउँ पालिका ८ मा रहेको लौके झरनामा व्यवसायिक पदयात्रा र स्नान गर्नेहरु आउने गरेका छन्। सडकमार्गको पहुँच रहेको सो स्थानमा रहेको लौके झरनाबाट आन्तरिक तथा बाह्य पर्यटक आगमन हुने क्रम बढिरहेको शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताए। 

सो स्थान काठमाडौं र नुवाकोटको विदुरबाट समान ४५ मिनेटको दुरीमा पुग्न सकिन्छ।  राजधानी काठमाडौं नजिक रहेको लौके झरनासँगै नुवाकोटमा शिवपुरीमै गोकुलेश्वर झरनासहित दुई र ककनी फुङफुङ झरनासमेत गरि तीन झरना रहेका छन्। 

तीनवटै झरना चर्चित रहेको छ। पर्यटकीय  मार्ग निर्माण भएपछि सो लौके झरनामामा विदाको एकै दिन दुई हजार पाँच सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन्। काठमाडौंबाट नजिकको दूरीमा रहेको शिवपुरीको छहरे झरनामा एकै दिन यतिधेरै पर्यटक जाने गरेका छन्। सो झरनामा नुवाकोट, रसुवा तथा काठमाडौंबाट पर्यटक पुग्ने गरेका छन्।

शिवपुरी गापा कार्यालयले सिँढीसहितको पदमार्ग र सहज रूपमा हिँड्ने बाटो निर्माण गरिदिएपछि अन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको हो। छहरे–टोखा सडकको बीचबाट सहजै झरनामा पुग्न सकिने भएपछि आन्तरिक पर्यटकको रोजाइमा लौकै झरना परेको छ।

शिवपुरी  ८ र ककनी गापाको  ५ को सिमानामा रहेको सो झरनाका शनिबारबाहेक पनि सयौँ पर्यटक आउने गरेको शिवपुरी ८ का वडाध्यक्ष केशव रिजालले जानकारी दिए। उनका अनुसार शिवपवुरी गाउँपालिकाले पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन सुरु गरेपछि झरनामा पर्यटकको संख्या निकै बढेको हो।

रिजालले काठमाडौंबाट माथिल्लो ढोडिनीसमको सडकमार्गको दूरी २९ किलोमिटर रहेको बताए।  टोखा छहरे सडकको घट्टेखोलाबाट सानीपिपल हुँदै तीन किलोमिटर सडकबाट ढोडिनी पुग्न सकिने र हाल ढोलिनीसम्म चारपाङ्ग्रे सवारीसाधन पुग्ने बाटो बनिसकेको छ। 

ढोडिनीबाट झरनासम्म आठ सय मिटर पदमार्ग निर्माण गरिएको छ। वडाध्यक्ष रिजालले आगामी दिनमा ठूलो छहरे झरनामा ककनी जोड्ने झोलुङ्गे पुल निर्माण गर्ने, सो स्थानमा सेल्फी खिच्न मिल्ने ‘स्ट्याण्ड’ बनाउने लगायतको काम पनि गरिने बताए। 

उनले पर्यटकको सहजताका लागि स्थानीयलाई होटल रेस्टुराँ खोल्न प्रोत्साहन गरिने बताए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर