नेभिगेसन मेनु

पर्यटन प्रवर्द्धनका लागि फोटो प्रतियोगिता
सम्पादक:南亚网络电视
समय:2024-08-18 13:31

Mona-asutriliya-photo_dDoD6AUvXp_0yF7o7wcSs

बेनी : म्याग्दीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रतियोगिता आयोजना गरिएको छ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको प्रतियोगिताको विजेतालाई ट्रफी र प्रमाणपत्रसहित नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ।

दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र र ट्रफी प्रदान गरिने मोना अस्ट्रेलियाका प्रवत्ता हिक्मत श्रेष्ठले जानकारी दिए। अस्ट्रेलिया र बेनीमा शनिबार बिहान एकैपटक पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताका बारेमा जानकारी गराइएको थियो।

म्याग्दी जिल्लाका धार्मिक, पर्यटन, प्रकृति, कला, संस्कृतिसँग सम्बन्धित तस्बिरहरू सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गर्ने उद्देश्यले तस्बिर प्रतियोगिता आयोजना गरिएको मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापामगरले बताए।

‘गत वर्षको प्रतियोगिताबाट म्याग्दीका पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रबद्र्धनका लागि सहयोग पुगेकाले यस पुरस्कारको राशि बढाएर निरन्तरता दिएका छौं,’ उनले भने ‘प्रतियोगिताका क्रममा प्राप्त हुने तस्बिरहरूलाई डिस्कभर म्याग्दी वेब साइटमा राखेर प्रचार–प्रसार गर्ने तयारी गरेका छौं।’

मोना अस्ट्रेलियाका फोटो प्रतियोगिता संयोजक बाबुराम पौडेलले भदौ १ देखि १४ गतेसम्म संस्थाको म्यासेन्जरमा संकलन गरिने तस्बिर र पाँच सय शब्दको क्याप्सन छनौट गरेपछि भदौ १५ देखि असोज १५ गते साँझ ५ बजेसम्म फेसबुक पेजमा राखेर प्रतिस्पर्धा गराइने बताए।

‘छनौट भएको फोटो प्रतियोगिताका लाग मोना अस्ट्रेलियाको पेजमा राख्नका लागि इमेलमार्फत माग्छौं,’ उनले भने ‘फेसबुक पेजमा लाइक, कमेन्ट र सेयरको आधारमा उत्कृष्ट तस्बिर छनौट गर्ने मापदण्ड बनाएका छौं।’ आगामी असोज १९ गते प्रतियोगिताको नतिजा सार्वजनिक गरिने मोना अस्ट्रेलियाले जनाएको छ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले म्याग्दी जिल्लाको पर्यटकीय, धार्मिक, असामान्य ठाउँहरू, दैनिकी, चाखलाग्दो पात्र, मौलिक संस्कृति, संस्कृतिक विविधता, उत्सव, अनुष्ठानहरू, प्राकृतिक वा कृतिम वातावरणसँगसम्बन्धित तस्बिर जुनसुकै ठाउँका व्यक्तिले पनि सहभागिता जनाउन सक्ने बताए।

गत वर्ष मोना अस्ट्रेलियाले एकल रूपमा प्रतियोगिता आयोजना गरेकोमा यसपालि उद्योग वाणिज्य संघसँग समन्वय गरेको छ। अन्नपूर्ण गाउँपालिका–५ शिखका सुरेन गुरुङले खिचेको अन्नपूर्ण आधार शिविर जाने मौरिस हर्गोज पदमार्गमा पर्ने फुतफूते झरनाको तस्बिर गत वर्षको प्रतियोगितामा विजयी भएको थियो।

फोटो प्रतियोगिताका बारेमा बेनीस्थित म्याग्दी उद्योग वाणिज्य संघको कार्यालयमा शनिबार जानकारी गराइँदै छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर