रसुवा- पवित्रतीर्थ गोसाईंकुण्ड मेलालाई मध्यनजर गर्दै लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्ना आधार इलाकाको सडक २४सै घण्टा खुला राख्ने भएको छ । निकुञ्जले एक विज्ञप्ति जारी गर्दै साउन ३१ देखि भदौ ४ गतेसम्मका लागि सडक २४सै घण्टा खुला गर्ने निर्णय गरेको हो ।
गोसाईंकुण्ड मेला अवधिभर यात्रुको सहजताका लागि सवारीसाधन खुला गरिएको र रातको समयमा मालबाहक सवारीसाधनलाई रोक लगाइएको निकुञ्ज कार्यालयले स्पष्ट पारेको छ ।