नेभिगेसन मेनु

मुस्ताङमा ५१ औं थाकखेलकुद मार्फामा हुने
सम्पादक:南亚网络电视
समय:2024-09-01 15:50

marfa-3_eUZLMliAj0_jWXGtbFg9n

जोमसोम : मुस्ताङको आधा शताब्दी पुरानो गौरवमय बहुप्रतिष्ठित ५१ औं संस्करणको थाकखेलकुद तथा च्याम्पियनसिप प्रतियोगिता आगामी असोज ५ गतेदखि ८ गतेसम्म  मुस्ताङको मार्फामा सञ्चालन हुने भएको छ। थाकखेलकुद तथा सांस्कृतिक विकास संघको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

थाक खेलकुद तथा च्याम्पियनसिप प्रतियोगिता सबैभन्दा ठूलो प्रतिष्ठित खेलकुद प्रतियोगिता हो। संघका अध्यक्ष कृष्णकुमार शेरचनको अध्यक्षतामा मुस्ताङको मार्फा स्थित मिलिजुली युवाक्लवको कार्यालयमा  बसेको बैठकले ५१ औ संस्करणको थाकखेलकुद तथा च्याम्पिनसीप प्रतियोगिता मार्फामा गर्ने निर्णय गरेको हो। 

कोभिड माहामारीका कारण लगातार स्थगित रहेको ५० औं संस्करणको थाकखेलकुद प्रतियोगिता २०७९  असोजमा मुस्ताङको थासाङ-५ ताक्लुङमा सम्पन्न गरेको थियो। त्यस समय संघले आफ्नो ५० औू वर्ष पूरा गरेको उपलक्षमा स्वर्ण जयन्ती भव्यताका साथ मनाएको थियो।

संघको नेतृत्व परिवर्तनपछि विविध कारणले २०८० सालमा थाकखेलकुद तथा च्याम्पियनसिप हुन सकेन। यसपटक भने संघले विभिन्न अवरोध र चुनौतीलाई पन्छ्याएर गौरवमशाली ५१ औं संस्करणको थाक खेलकुदलाई निरन्तरता दिने निर्णय गरेको हो। ५१ औं संस्करणको थाक खेलकुद तथा च्याम्पियनसिप प्रतियोगिता २०८१ का लागि साविक खेलकुद तथा सांस्कृतिक विधालाई परिमार्जनसहित प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको संघका सचिव विष्णु थकालीले जानकारी दिए। 

थाक खेलकुद तथा च्याम्पियनसिपमा पहिलो पटक ४० वर्ष  उमेर कटेका खेलाडीलाई सहभागी गराउने गरी परम्परागत सादा धनुष तारा खेल प्रतियोगिता समावेश गरिएको संघका सचिव थकालीले उल्लेख गरे। यसअघिको संस्करणमा आयोजना हुँदै आएको मिस मुस्ताङ प्रतियोगिता र गायन प्रतियोगिता थाक च्याम्पियनसिपबाट हटाइएको संघका सचिव थकालीको भनाइ छ।

संघले यसवर्षदेखि थाक खेलकुद तथा च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी वृद्धी गरेको छ। पुरुष भलिबलको च्याम्पियनले नगद १ लाख ५० हजारसहित शिल्ड मेडल ,ट्रफी र प्रमाणपत्र पाउने छ। उपविजेताले नगद १ लाख पुरस्कारसहित शील्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट लिफ्टर र सर्वोत्कृष्ट लिब्रोलाई जनही नगद ३ हजारका दरले मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ।

महिला भलिबललाई जो कोही पनि टिम बनाएर खेल्न पाउने गरी खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी संघले गरेको छ। खुल्ला महिला भलिबलको च्याम्पियनले नगद  १ लाख र उपविजेताले नगद  ७५ हजार पुरस्कारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।

४० वर्ष कटेका तारा प्रतियोगिताको च्याम्पियनले नगद ५० हजार र उपविजेता टिमले नगद ३५ हजार पुरस्कारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्ने तयारी गरिएको हो। यस्तै, खुल्ला आधुनिक आर्चरी प्रतियोगितातर्फको च्याम्पियनले नगद ५० हजार र उपविजेता टिमले नगद ३५ हजारसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन्। थाक च्याम्पियनसिप अन्तर्गत आयोजना हुने नृत्य प्रतियोगिताको प्रथमले नगद ३५ हजार र दोश्रो हुनेले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्।

थाकखेलकुदतथासांस्कृतिकविकाससंघकोमुख्यआयोजना तथा मिलिजुली युवाक्लव मार्फाको सहआयोजनामा हुने ५१ औं थाक खेलकुद तथा च्याम्पियनसिप प्रतियोगिता २०८१ मा जोमसोम र स्याङबाहेक कुल ६ टिमको सहभागितारहने बताइएकोछ। जोमसोम र स्याङले थाक खेलकुद तथा च्याम्पियनसिपमा सहभा गी नहुने भएपछि यसपटक यो प्रतियोगिताबाट २ टिम घट्न पुगेकोहो। जिल्लाको आन्तरिक खेलकुदको विकास तथा संरक्षण एवं स्था नीय धर्मसंस्कृतिको संरक्षणका लागि संघले च्याम्पियनसिपअन्तर्गतविभिन्नकार्यक्रमगर्नेगरेकोछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर