नेभिगेसन मेनु

चट्याङ लागेर सल्यानमा प्रधानाध्यापकको मृत्यु
सम्पादक:南亚网络电视
समय:2024-08-27 13:43

Lighting-8-1024x681-1

सल्यान — चट्याङ लागेर सल्यानमा विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दलबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी स्थानीय कालीदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए 

घरनजिकै गाईबाख्रा चराउन गोठालो गएको समयमा सोमबार बेलुकी चट्याङ लागेर उनी घाइते भएका थिए । मृतकको शव पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर