नेभिगेसन मेनु

तेल भिसामा विपिनको दोहोरो भूमिका !
सम्पादक:南亚网络电视
समय:2024-07-16 16:34

tel-visa

काठमाडौं छायांकनरत फिल्म तेल भिसाको फर्स्टलुक पोस्टरमा नायक विपिन कार्की दोहोरो भूमिकामा देखिएका छन् । निर्माण पक्षले आइतबार सार्वजनिक गरेको पोस्टरमा उनलाई जवान र वृद्ध ‘लुक्स’मा देख्न सकिन्छ । 

पोस्टरअनुसार उनले फिल्ममा दुई भूमिका निर्वाह गरेको प्रष्ट हुन्छ । पोस्टरमा अभिनेतृ वर्षा राउत, ऋचा घिमिरे र पुजा लामाका साथमा केही विदेशी कलाकारलाई देख्न सकिन्छ । बुद्धि तामाङ मुख्य भूमिकामा रहे पनि पोस्टरमा उनले स्थान पाएका छैनन् । 

यो पोस्टर फिल्मको प्रदर्शन मिति नयाँ तोकिएको छ । प्रदर्शन मिति मंसिर ७ गतेलाई तोकिएको छ । यसअघि भदौ २८ गते प्रदर्शन मिति तोकिएको थियो । 

निर्देशक शंकर घिमिरेका अनुसार अमेरिकामा पहिलो चरणको छायांकन सकिएको छ । दोस्रो चरणको छायांकनका लागि सुटिङ युनिट नेपालमा आइपुगेको छ । सोमबारबाट नेपालको अंशको छायांकन चितवनबाट सुरु भएको छ ।

१२ वर्षपछि यही फिल्ममार्फत घिमिरे निर्देशनमा फर्कँदै छन् । त्यस्तै अभिनेत्री ऋचा पनि १० वर्षपछि अभिनयमा फर्कँदै छिन् । 

वेलडन क्रियसनको ब्यानर र  ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमाका निर्माता अनिष पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर