नेभिगेसन मेनु

बसपार्कभन्दा बाहिरका टिकट काउन्टर हटाइने
सम्पादक:南亚网络电视
समय:2024-07-12 11:41

wsrtfgjh

असार २८ गते । काठमाडौँ महानगरपालिकाले बसपार्कभन्दा बाहिर रहेका लामो र छोटो दुरीको बसका टिकट बिक्री कक्ष (काउन्टर) साउन १ देखि हटाउने भएको छ । कोटेश्वरदेखि कलङ्कीसम्मका टिकट काउन्टर हटाउन हाल महानगर प्रहरीले व्यवसायीलाई माइकबाट जानकारी गराइरहेको छ ।

जथाभाबी राखिएका टिकट काउन्टरले सडकपेटी र पैदलयात्रीलाई असहज हुनुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै निश्चित स्थानबाट टिकट काट्न अनुरोध पनि गरेको छ । 

गत भदौ १ देखि हटाउने निर्णय गरेको महानगरले एक वर्ष हुँदा पनि व्यवसायीले अटेर गरेपछि अहिले पुनः हटाउने प्रयास गरेको छ । महानगरपालिकाले टिकट काउन्टर सम्बन्धित वडामा दर्ता भई सञ्चालन गर्नुपर्ने सूचना पनि गत वर्ष जारी गरेको थियो तर कार्यान्वयन भने हुन सकेको छैन । 

काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले भन्नुभयो, “अहिले माइक गरेर टिकट काउन्टर हटाउन अनुरोध गरिएको छ, नहटाए साउन १ देखि हामी हटाउँछौँ ।” 

काउन्टर व्यवस्थित गर्न खोजिएकामा यातायात व्यवसायीले भने स्वागत गरेका छन् । यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले भन्नुभयो, “टिकट काउन्टरलाई थप व्यवस्थित गर्न खोजिएकोमा हामी सहमत छौँ । यहाँ भित्र बेथिति छन्, गाडी नहुनेहरू काउन्टर खोलेर कमिसन लिएर बसेका छन् । लामो दुरीको बसपार्कबाटै टिकट लिनु पर्छ । अनलाइन सुविधा पनि छ । गाडीमा टाइम कार्ड लागु गरेर प्रविधियुक्त बनाएर बेथितिको अन्त्य गर्नु पर्छ ।” 

काठमाडौँ महामहानगरले काउन्टर दर्ताका लागि विभिन्न नौ वटा मापदण्ड तोकेको थियो । काउन्टर महानगरमा दर्ता हुनुपर्ने, बुकिङ कार्यालयको मुख्य कार्यालय गोङ्गबु बसपार्कमा अनिवार्य हुनुपर्ने, काउन्टर सडक चोकको एक सय मिटर वरपर हुनुपर्ने, नयाँ बसपार्कदेखि महाराजगन्ज र बाफलसम्म काउन्टर खोल्न नपाइने मापदण्ड पनि तोकेको थियो । 

त्यस्तै काउन्टरमा भाडादर उल्लेख गरिएको साइन बोर्ड राख्नुपर्ने, पार्किङ शौचालय र बस्ने व्यवस्था हुनुपर्ने, कार्यालय कम्तीमा १५-१० फिटको हुनुपर्नेलगायतका मापदण्ड  तोकिएका थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर