नेभिगेसन मेनु

अविरल वर्षाका कारण रारा र सिमकोट विमानस्थल चार दिनदेखि अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2024-07-06 13:53

rara-airport2024-07-06-10-59-34

अविरल वर्षाका कारण हिमाली जिल्ला मुगु र हुम्लामा चार दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । जसले गर्दा यात्रुहरू मर्कामा परेका छन्  । निरन्तर वर्षा हुन थालेपछि मुगु, जुम्ला र हुम्लाका उडान अवरुद्ध भएका छन् । उडान अवरुद्ध हुँदा विभिन्न ठाउँमा जाने यात्रुहरू गन्तब्यमा पुग्न पाएका छैनन्।

निरन्तरको वर्षातले चार दिनदेखि नेपालगन्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए । उनका अनुसार उडान बन्द भएपछि मुगुदेखि नेपालगन्ज, सुर्खेत, काठमाडौंतर्फ जाने यात्रु र नेपालगन्ज सुर्खेतबाट मुगुतिर आउने यात्रु विमानस्थलमै रोकिनु पर्ने अवस्था उत्पन्न भएको छ ।

आज पनि मौसम बिग्रेका कारण उडान हुने सम्भावना न्यून रहेको उनले बताए । हवाई सेवा अवरुद्ध भएपछि यात्रुहरु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य भएका छन् ।

नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटकहरु रारा विमानस्थलबाट हवाइ यात्रा गर्ने गर्दछन । यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वका विमानहरुले दैनिक ३/४ हवाइ उडान गर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चले जनाएको छ । यतिबेला भने वर्षाका कारण हवाई सेवा अवरुद्ध हुँदा यात्रुलाई समस्या भएको छ ।

कर्णाली राजमार्ग अवरुद्ध

अविरल बर्षातका कारण कर्णाली राजमार्गमा पनि कालीकोट खण्डको गगने खोला, झाम्ला खोला, सहित  विभिन्न स्थानहरुमा लेदो बगेर, पहिरो झरेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । 

हुम्लामा पनि हवाई सेवा अवरुद्ध

हुम्लामा पनि वर्षाले चार दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । खराब मौसमका कारण बुधबार देखि हवाई सेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन कार्यालय सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी गराए । हवाई सेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर