नेभिगेसन मेनु

पर्यटकको मन जित्दै कलात्मक प्रबेशद्वार
सम्पादक:南亚网络电视
समय:2024-06-22 15:13

rokka

सुलीकोट, असार ८ गते । गोरखा र तनहुँको सिमानामा पर्ने मुख्य प्रबेशद्वार गोरखा नगरपालिका –१३ को मजुवामा रहेको कलात्मक प्रबेशद्वारले धेरै आन्तरिक तथा बाह्रय पर्यटकको मन जित्न सफल भएको छ । 

गोरखा सदरमुकामबाट झण्डै २३ किलोमिटर दशिणतर्फ रहेको सो गेटमा नेपालका राष्ट्र निर्माता पृथ्बीनारायण शाह, नेपालको प्रथम शहिद लखन थापा मगर र पृथ्बीनारायण शाहको सुरक्षा गार्डको शालिक बनाउने निर्णय भएको गोरखा नगरपालिकाले जनाएको छ । 

गजुरसहितको गेटमा गोरखा प्रबेश गर्ने यात्रुले रोकेर फोटो खिचेर जाने गरेको पाइएको छ । प्रायः फोटो खिच्नेको लाइन देखिन थालेको छ । त्यस ठाउँमा फोटो  खिच्नेहरु र घुम्न आउनेहरु खुशी भएर फर्किने गरेको स्थानीय हरिबहादुर खनालले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर