नेभिगेसन मेनु

गाउँमा गुहारी चलन कायमै
सम्पादक:南亚网络电视
समय:2024-06-04 12:12

bbbb

जेठ २२ गते । गाउँमा होस् या छिमेकमा, अलि ठुलो श्रमको काम गर्दा अरूले सहयोग गर्ने चलन छ । यो चलन कर्णालीका प्रायः सबै जिल्लामा छ । यस्तो सामूहिक काममा प्रायः पुरुष जान्छन् । कसैको घरको ढलान गर्न होस् या वनजङ्गलबाट काठ, छाना छोप्ने पत्कर ल्याउन पुरुष नै जाने चलन थियो तर पछिल्लो समय कालीकोटमा पुरुषभन्दा पनि महिला अग्रसर हुन थालेका छन् । 

कालीकोटका ग्रामीण क्षेत्रमा सहयोग (गुहारी) गर्ने काममा अहिले महिला बढी सक्रिय भइरहेका छन् । कतिपयको घरमा पुरुष नभएर महिला बाध्यताले सहभागी हुँदै आएका छन् भने कतिपयका घरमा पुरुष भए पनि प्रायः महिला सामुदायिक काममा भेला हुने भएकाले उनीहरूले पनि महिलालाई नै सहभागी गराउने गरिएको छ । 

शुभकालिका गाउँपालिका–५ का प्रेमबहादुर शाहीको घर ढलानका लागि चाहिने गिट्टी जोहो गर्न छरछिमेकका महिलाले काम सम्पन्न गरिदिएका छन् । शुभकालिका–३ का छत्रबहादुर रोकामगरले भन्नुभयो, “यो चलन पुर्खादेखि चल्दै आएको हो । अहिले पनि हाम्रो गाउँघरमा यो चलन महिलाले कायम राखेका छन् ।” घर निर्माण गरिरहेका कलु शाहीले गाउँमा सहयोग गर्ने चलन कायमै रहेकाले काम गर्न निकै सहज भएको बताउनुभयो । 

महिला, बालबालिका तथा शिक्षा अधिकारको क्षेत्रमा काम गर्दै आएको कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले गुहारी चलनका माध्यमबाट महिला जागरुक हुन थालेको बताउनुभयो । 

उहाँले सबै क्षेत्रमा महिला सहभागिताको बहस चलेकाले त्यसैको प्रभाव सामूहिक श्रम परम्परादेखि पुरुषले गर्दै आएको काममा पनि महिला सहभागिता हुने गरेको जनाउनुभयो । हरेक काममा महिला सहभागिता सुखद भएको उहाँको भनाइ छ । 

कालीकोटका ग्रामीण क्षेत्रमा पछिल्लो समय श्रममा पनि महिला केन्द्रित हुँदै आएका छन् । रास्कोट नगरपालिकाका उपप्रमुख मनिराज बरालले प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि हरेक विकासे काममा महिलाको सहभागिता बढिरहेको बताउनुभयो । उहाँले कसैको विवाह व्रतबन्धदेखि मृत्यु शोकमा पनि महिला नै गुहारी चलनले गर्दा जाने गरेको जनाउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर