नेभिगेसन मेनु

अमिर आउनुअघि दुई दर्जन कतारी अधिकारीहरु काठमाडौंमा
सम्पादक:南亚网络电视
समय:2024-04-16 12:36

ddd_91xM70CO2g

कतारका अमिर अरि शेख तमिम बिन हमाद अल थानीले नेपालको दुई दिने राजकीय भ्रमण गर्न लागेका छन् । वैशाखको ११ र १२ गते हुने भ्रमणको तयारीका लागि दोहाबाट २३ जना अधिकारीहरु सोमबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतले भ्रमणको मिति तय भइनसकेको जनाएको छ ।

कतार एअरवेजको उडान नम्बर क्युआर ६४६ मा अव्दुल्लाह मोहम्मद अल अतियाहको नेतृत्वमा आएको टोलीले सरकारका उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने बताइएको छ । उनीहरुले परराष्ट्र, गृह र रक्षा मन्त्रालयका अधिकारीहरुसँग भ्रमणको तयारीबारे जानकारी लिने कार्यक्रम छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा अमिर थानीले नेपालको राजकीय भ्रमण गर्ने निश्चित भएको छ । हिजो आएको टोलीमा नासेर मोहम्मद अलातिया, अब्दुल्ला हमाद एइदा, फाद जुमा कुताइती, अब्दुलाजिज फाहद मोहनादी, अहमद सालेम अलकाबी र सैयद अलि मारी छन् ।

त्यस्तै सौद अब्दुल्लाजिज मारजौकी, सायर रेदा शमारी, खालिद अब्दुल्ला हमादी, मोहम्मद हसन, रसिद मोहम्मद अल शाहवानी र अब्दुल्ला हमाद मारी पनि टोलीमा छन् । टोलीका अन्य सदस्यमा माजेद मोहम्मद मानसुरी, फारेस मोहम्मद क्वासुती, घारेब मैध क्वातानी, हसन सुलैमान शमारी, असल हकेम शमारी, अहमद हमाद मोहन्नादी, सालेम अलि जेरबुई, अहमद मोहम्मद मिसाइफिरी, अब्दुल्ला मोहम्मद काबी र नासेर सालेह मारी हुन् ।

कतारका अमिरलाई नेपाल सरकारले हात्तीका दुई वटा बच्चा (छावा) उपहार दिने तयारी छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर