नेभिगेसन मेनु

लैङ्गिक समानताका लागि सहकार्य
सम्पादक:南亚网络电视
समय:2024-04-11 11:42

Untitled-1

चैत २९ गते ।  मधेश प्रदेशमा लैङ्गिक समानतालाई अगाडि बढाउन युरोपियन युनियनका प्रतिनिधि र संयुक्त राष्ट्र सङ्घले सहकार्य गरेको छ । मङ्गलबार गरिएको एकदिने भ्रमणमा नेपालका लागि युरोपेली सङ्घ प्रतिनिधि मण्डलबाट भेरोनिक लोरेन्जो, नेपालका लागि युरोपेली राजदूतको अगुवाइमा नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोउर्बो, जर्मनका राजदूत थोमस प्रिन्स र नयाँ दिल्लीस्थित स्विडेनका राजदूतावासबाट व्रिmस्टियन कमिल, सशक्त महिला समृद्ध नेपालका तर्फबाट नेपालका लागि युरोपियन प्रतिनिधि एलिस अङ्कुगा सहभागी रहनुभएको थियो । 

युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले युरोपियन युनियन, संयुक्त राष्ट्रसङ्घ र नेपाल सरकारसँगको साझेदारीमा मधेशमा महिला सशक्तीकरणका क्षेत्रमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले मधेश प्रदेश युरोपियन युनियनको प्राथमिकताको क्षेत्र भएको बताउनुभयो । उहाँले नेपालसँग मित्रताको ५० औँ वर्ष मनाइरहँदा मधेश, कर्णाली र सुदूरपश्चिममा महिलालाई सशक्तीकरण र अधिकारका लागि वकालत गर्न प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा सङ्घीयता र लैङ्गिक समानता प्रादेशिक लोक सेवा आयोग गठन र बालविवाह न्यूनीकरणका नीतिहरू पारित गर्ने बताउनुभयो । लैङ्गिक समानतालाई अगाडि बढाउन सशक्त महिला समृद्ध नेपाल कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

कार्यव्रmममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले यो भ्रमण सङ्घीय सरकारको सफलताको प्रमाण रहेको उल्लेख गर्नुभयो । मधेश प्रदेशका उपसभामुख बबिताकुमारी राउत इसर महिलालाई ३३ प्रतिशत प्रतिनिधित्व दिए पनि महिला आफ्नो विचार व्यक्त गर्न, निर्णय तथा आवश्यक सिप र क्षमता निर्माणमा चुनौती रहेको बताउनुभएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर