नेभिगेसन मेनु

भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिएका छौँ
सम्पादक:南亚网络电视
समय:2024-03-22 12:57

janakapur

चैत ८ गते। उपप्रधान एव भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकताको साथ अगाडि बढाएको बताउनुभएको छ। 

उपप्रधानमन्त्री भएपश्चात् बिहीबार पहिलो पटक गृह जिल्ला धनुषा आउनुभएका महासेठले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताउनुभएको हो। 

उहाँले नेपाल सरकारको पहिलो लक्ष्य नै भौतिक पूर्वाधारसँग सम्बन्धित हुलाकी राजमार्ग, पूर्व पश्चिम राजमार्ग, मध्य पहाडी राजमार्ग र मदन भण्डारी राजमार्ग सहितका मार्गको काम छिटो भन्दा छिटो सम्पन्न गर्ने रहेको बताउनुभयो। 

नेकपा (एमाले)का सचिव रहनु भएका उपप्रधानमन्त्री महासेठले वर्तमान पाँच दलीय गठबन्धन अगामी चार वर्षकै लागि रहने बताउनुभयो। सदनमा नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामाको लागि गरेको माग गलत भएको बताउनुभयो। 

उपप्रधानमन्त्री महासेठ विमानस्थलबाट जनकपुरधाम स्थित एमाले धनुषाको पार्टी कार्यालयमा पुगेर नेता कार्यकर्ताबाट सम्मान ग्रहण गर्नुभयो। उहाँले बिहीबार जानकी मन्दिरसहित विभिन्न धार्मिक क्षेत्रको भ्रमण र दर्शनसमेत गर्नुभएको छ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर