नेभिगेसन मेनु

युवकको हत्या आरोपमा दुई जना पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-03-21 15:53

arrest-pakrau-hatkadi

चैत ८ गते । जनकनन्दनी गाउँपालिका २ बलहाटोल बस्ने १८ वर्षीय कैफ नदाफको हत्या गरेको अभियोगमा २ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय सहमद नदाफ र २२ वर्षीय जासिम नदाफ छन् । सोही ठाउँस्थित आँपको बगैँचामा उनीहरूले कैफलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारका लागि भारत जयनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी