नेभिगेसन मेनु

मितेरी पुलबाट भारतीय सुरक्षाकर्मीको पोस्ट हट्यो
सम्पादक:南亚网络电视
समय:2024-03-12 12:39

zbnsfd

फागुन २९ गते । नेपाल–भारत सिमानाकाको वीरगन्ज – रक्सौल मितेरी पुलमा भारतीय सुरक्षाकर्मी सीमा सुरक्षा बलको ( एसएसबी ) अस्थायी चेकपोस्ट हटेपछि आवतजावत सहज भएको छ । वीरगन्ज महानगरपालिका भारतीय महावाणिज्य दूतावास वीरगन्ज र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्य र पहलमा सोमबारदेखि भारतीय सिमानाकाको मितेरी पुलको दुवै किनारामा रहेको भारतीय सीमा सुरक्षा बलको पोस्ट हटेको जानकारी ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतानले दिनुभएको छ । 

भारतीय सुरक्षाकर्मीले तेस्रो मुलुकका नागरिकको निगरानी र सुरक्षाको कारण देखाउँदै २०८० असोज ३ गतेदेखि मितेरी पुलमा एसएसबीको अस्थायी पेस्ट खडागरि चेकजाँचको नाममा दुवै मुलुकका सर्वसाधारण तथा उपभोक्ताहरू चेकजाँचको क्रममा अनावश्यक झमेला र कुटपिट समेत भएको जनगुनासो बढदैँ गएको थियो । यसै क्रममा  फागुन १८ गते एसएसबीका सुरक्षाकर्मीले वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका बलिराम साह सोनारलाई मरणासन्न हुने गरी कुटपिट गरेपछि असहज परिस्थिति बन्दै गएपछि वीरगन्ज महानगरपालिका भारतीय महावाणिज्य दूतावास वीरगन्ज र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्य र पहलमा सोमबार साँझदेखि भारतीय सिमानाकाको मितेरी पुलको दुवै किनारामा रहेको अस्थायी चेकजाँच पोस्ट हटेपछि सिमानाका क्षेत्रमा उत्पन्न अवरोध अन्त्य भएपछि आवागमन सहज हुँदा सर्वसाधारण खुसी भएका छन् । 

समस्या बढदैँ गएपछि शनिबार सीमा सुरक्षा बल हेडक्वार्टर दिल्लीबाट डिआइजी सुरेश सुब्रमण्यको नेतृत्वमा आएको टोलीले वीरगन्जको एक होटेलमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुगेल र सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गदैँ आएको  ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानसँग बर्ता गरी समस्याको पहिचान गरेपछि सोमबारदेखि आवगमन सहज भएको जानकारी खेतानले दिनुभयो । 

भारतीय महावाणिज्य दूतावास वीरगन्जका कन्सुलर शैलेन्द्र कुमारले सिमानाकामा भएको प्रत्येक  घटनाबारे भारतको केन्द्रीय सरकारलाई समयमै जानकारी गराउँदा समस्याको समाधान सहज रूपमा समयमै भएको बताउनुभयो । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सुरक्षा चेकजाँचको बहानामा नेपाल–भारतबिचको बहु आयामिक सम्बन्धमा चिसोपन ल्याउने गतिविधिले प्रसय पाउने भएपछि उत्पन्न समस्या तत्काल समाधान गर्न भारतीय दूतावासलाई आग्रह गरिएको जानकारी दिनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर