नेभिगेसन मेनु

गाडीको ठक्करबाट छठका व्रतालुको मृत्यु, ट्राफिक हवलदार घाइते
सम्पादक:南亚网络电视
समय:2023-11-20 16:49

death

मङ्सिर ४ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा सोमबार बिहान वीङ्गर गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किँदै गर्नुभएका स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको गाडीले ठक्कर दिँदा मृत्यु भएको हो । लालबन्दीबाट यात्रु लिन नयाँ रोडतर्फ गइरहेको मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको वीङ्गरले सोमबार बिहान ७ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका पोखरेललाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । 

गिरीका अनुसार सोही गाडीको ठक्करबाट छठघाट स्थलमा सडक सुरक्षार्थ खटिनुभएका एक ट्राफिक हवलदारसमेत घाइते हुनुभएको छ । ट्राफिक प्रहरी पोस्ट हरिवनमा कार्यरत ट्राफिक प्रहरी हवलदार सुबोधकुमार यादव घाइते हुनुभएको हो । 

बायाँ खुट्टामा चोट लागेर घाइते हुनुभएका ट्राफिक प्रहरी हवलदार यादवलाई हरिवनमा सामान्य उपचारपश्चात् लालगढ अस्पताल, धनुषा रेफर गरिएको छ । उक्त वीङ्गरले सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएर क्षति पुर्याएको छ । 

दुर्घटनामा संलग्न वीङ्गर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर