नेभिगेसन मेनु

सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-08 12:34

adsfhbasd

कात्तिक २२ गते । सर्लाहीको गोडैता नगरपालिका–८, सिसौटियामा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

बाँस लोड गरिएको ना ५ त ६१८२ नम्बरको ट्याक्टर गाउँको भित्री सडकमा अनियन्त्रित भई पल्टिँदा ट्याक्टरका मालिक समेत रहनुभएका चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शङ्कर पटेलको मृत्यु भएको हो । चालक अशेश्वरलाई उपचारका लागि वीरगन्जतर्फ लैजाँदै गर्दा बाटोमा र सह–चालक शङ्करको घटनास्थलमा नै मृत्यु भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । 

दुर्घटनामा गोडैता नगरपालिका–८, बस्ने २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका–८, बस्ने २४ वर्षीय जयप्रकाश पटेल घाइते हुनुभएको छ । घाइते दुवैको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार चलिरहेको प्रहरीले जनाएको छ । 

मङ्गलबार राति ८ बजेतिर भएको दुर्घटनामा मृत्यु भएका तथा घाइते भएका सबैलाई ट्याक्टरले थिचिरहेको अवस्थामा जेसीबी प्रयोग गरेर बाहिर निकालिएको प्रनाउ पञ्जियारले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा परेको ट्याक्टर राति प्रहरी कार्यालयसम्म ल्याउन सम्भव नभएपछि घटनास्थलमै सुरक्षितसँग राखिएको छ । 

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मङ्गलवाले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर