नेभिगेसन मेनु

घर घरमै खानेपानीको धारा
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-20 11:33

Untitled-1 (5)

सर्लाही, भदौ ३ गते । लालबन्दी नगरपालिका–१६, परवानीपुर भोर्लेनीमा ३०५ परिवारका लागि घरघरमै खानेपानी पु-याइएको छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मलङ्गवाले करिब ६० लाख रुपियाँ खर्चिएर भोर्लेनी गाउँको प्रत्येक घरमा खानेपानीको धारा पु-याई दिएपछि स्थानीय बासिन्दा दङ्ग परेका छन् ।

भोर्लेनी गाउँमा यसअघि २४ वटा सामूहिक धारा थियो । धेरै घरधुरीमा सीमित धाराबाट पानी भर्नुपर्दा स्थानीय घण्टौँसम्म पालो कुरेर पानी बोक्न बाध्य थिए । अहिले भने घरमै धारा आएपछि पिउने, सरसफाइ गर्ने र बस्तुभाउलाई खुवाउने पानीको समस्या टरेको स्थानीय सूर्यमाया नेपालीले बताउनुभयो । “प्रत्येकको घरघरमै धारा आएपछि खानेपानीका लागि घण्टौँसम्म पालो कुर्नुपर्ने र छरछिमेकीबिच बाझाबाझ गर्नु परेको छैन,” उहाँले भन्नुभयो, “अहिले आफ्नै घरमा रहेको धारामा चौबिसैँ घण्टा पानी आउँछ ।” 

चुरेपाखा तल कालिन्जोर खोलामा रहेको बाँधभन्दा केही उत्तरतर्फ मुहानमा इनार निर्माण गरी त्यहाँबाट तीन किलोमिटर दक्षिण रहेको गाउँमा रिजर्भ ट्याङ्की निर्माण गरी खानेपानी वितरण गरिएको छ । वर्षौंदेखिको प्रयासपछि स्थानीयवासीलाई घरघरमै धारा पु-याएर खानेपानी खुवाउन सफल भएको भोर्लेनी सिद्धेश्वर खानेपानी उपभोक्ता समूहका सल्लाहाकार भरत गौतमले बताउनुभयो । “बीसौँ वर्षको प्रयासपछि घरघरमै खानेपानीको धारा ल्याउन सफल भयौँ,” उहाँले भन्नुभयो, “पहिले जस्तो खानेपानीको समस्या छैन, घरकै धाराबाट पानी पिउन पाएका छौँ ।” 

खानेपानी ल्याउन ट्याङकी निर्माण, पाइप बिच्छ्याउनेलगायतका काममा सम्पूर्ण गाउँले भएर जनश्रमदान गरेको भोर्लेनी सिद्धेश्वर खानेपानी उपभोक्ता समूहका अध्यक्ष बमबहादुर बस्नेतले जानकारी दिनुभयो । आफूहरूले जिल्लामै सबैभन्दा सस्तो प्रतियुनिट सात रुपियाँको दरले खानेपानी शुल्क उठाएको उहाँले बताउनुभयो । 

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मलङ्गवाका निमित्त प्रमुख शिवशङ्कर रौनियारले स्थानीयवासीले निकै मेहनत गरेर जनश्रमदान गरेकाले खानेपानी आयोजना सफल भएको बताउनुभयो । “सम्पूर्ण बजेट कार्यालयको भए पनि स्थानीयवासीले पनि सव्रिmय भएर श्रमदान गर्नुभयो, त्यसैले सबै घरमा धारा पु-याउन सफल भयौँ,” उहाँले भन्नुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर