नेभिगेसन मेनु

बैङ्क लुटपाट आरोपमा भारतीय नागरिक पक्राउ
सम्पादक:南亚网络电视
समय:2023-07-27 13:26

zdh

महोत्तरी गाउँपालिका २ स्थित बजार क्षेत्रमा रहेको एनएमबी बैङ्कमा लुटपाट गर्ने समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

घटनाको करिब ३ महिनापछि प्रहरीले भारत विहारको मधुवनी जिल्ला फूलहरस्थित गोपालपुर १३ हरलाखी टोलका २० वर्षीय अजयकुमार साफीलाई बुधवार नेपाल प्रवेश गरेको मौका पारी नियन्त्रणमा लिएको हो । साफीलाई एरिया घेराबन्दी गरी सीमावर्ती नगरपालिका मटिहानी ८ बाट पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ । 

नम्बर नखुलेको २ वटा मोटरसाइकलमा हतियारसहित आएका ४ जना नकाबधारी समुहले महोत्तरी गाउँपालिका २ स्थित बजार क्षेत्रमा रहेको एनएमबी बैङ्कमा जेठ १६ गते अपराह्न लुटपाट गरी फरार भएका थिए । प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार लुटेरा समूहले पेस्तोल देखाएर बैङ्कका कर्मचारीलाई काबुमा पारी  १५ लाख एक हजार ४९३ रुपियाँ लुटपाट गरी भागेका थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर