नेभिगेसन मेनु

क्यानोनिङमा आकर्षण
सम्पादक:南亚网络电视
समय:2023-07-05 13:22

Untitled-1 (11)

कास्की, असार २० गते ।  र्‍याफ्टिङ, प्याराग्लाइडिङ र बन्जीले नेपालीमा बढाएको ‘एडभेन्चर क्रेज’ मा अहिले क्यानोनिङ पनि थपिएको छ । डोरीमा झुन्डिएर झरनाको फोहोरासँग खेल्दै झर्ने खेल हो क्यानोनिङ । कास्कीको ल्वाङ घलेलमा व्यावसायिक रूपमा क्यानोनिङ गराइन्छ । केही समय कोरोनाले थलिएको पर्यटन व्यवसायले गति लिन थालेपछि क्यानोनिङ गर्नेको सङ्ख्यामा पनि बढ्दो मात्रामा छ । 

पोखरा क्यानोनिङ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षित गन्तव्य बन्दै गएको सञ्चालक राम गुरुङ बताउनुहुन्छ । प्रकृतिसँग रमाउन आउने मानिसको सङ्ख्या बढेको भए पनि कोरानाअघिको अवस्थामा फर्किन अझै केही समय लाग्ने उहाँको भनाइ छ । “पहिला जस्तो अलि चहलपहल छैन । आन्तरिक पर्यटक बिदाको दिनमा बढी आउँछन् । अरू दिन न्यून मात्रामा आउँछन्,” उहाँले भन्नुभयो, “अहिले विदेशी पर्यटक क्यानोनिङ गर्न आइसकेका छैनन् । जति आउँछन्, आन्तरिक मात्र छन् ।”

पोखरा नयाँबजार बस्ने अनिता घिमिरेले क्यानोनिङ गर्दाको अनुभव रमाइलो भएको सुनाउनुभयो । परिवारसहित क्यानोनिङ गर्न पुग्नुभएकी घिमिरेले सोचेभन्दा फरक र रमाइलो भएको बताउनुभयो । “यो मेरो पहिलो पटक हो । हामी चार जनाले क्यानोनिङ ग-यौँ । छहराबाट खस्दा कस्तो होला भन्ने डर थियो तर त्यस्तो भएन । सबैलाई एक पटक क्यानोनिङ गर्नका लागि आग्रह गर्दछु,” उहाँले भन्नुभयो । 

२०७० सालमा स्थापना भएको पोखरा क्यानोनिङमा अहिलेसम्म हजारौँ मानिसले क्यानोनिङको आनन्द लिइसकेका छन् । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुन्डिँदै, चिप्लिँदै, झरना र खोलाका छाँगाबाट खस्दै खेलिने क्यानोनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भइरहेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर