नेभिगेसन मेनु

मिस नेपालका विजेताहरुद्धारा हप अन हप अफ बस मार्फत सम्पदा भ्रमण
सम्पादक:南亚网络电视
समय:2023-06-12 12:29

图片_20230612101114

मिस नेपालका विजेताहरुले ‘हप अल हप हफ बस’ मार्फत शनिवार काठमाण्डौका सम्पदा क्षेत्रको भ्रमण गरेका छन् । काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रर्वद्धन गर्ने उद्धेश्यले काठमाडौंमा शुरु भएको सम्पदा घुम्ती बस सेवा हप अल हप अफ बस’ मार्फत उनीहरुले नारायणहिटी ,पशुपतीनाथ, बौद्ध र स्वयम्भुको भ्रमण गरेका हुन ।

नेपाल पर्यटन बोर्डले साझा यातायातसंगको सहकार्यमा विश्वसम्पदा सुचिमा सुचिकृत सम्पदाहरु–पाटन दरबार स्क्वायर, काठमाडौंमा दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी गत जेठ ९ गतेबाट “सम्पदा घुम्ती बस सेवाको परिक्षण सञ्चालन गरिएको थियो ।

图片_20230612101118

शनिवार ललितपुरबाट शुरु गरिएको यात्रामा मिस नेपाल अर्थ— २०२३ रेना मजगैया, मिस नेपाल बल्र्ड –२०२३ श्रीच्छा प्रधान, मिस नेपाल इन्टरनेशनल– २०२३ प्रसिद्धि शाह र मिस नेपाल अर्थ २०२२ डा. श्रीयशा श्रेष्ठ सहित नेपाल पर्यटन बोर्ड, साझा यातायातका अधिकारीहरु सहभागी थिए । सम्पदा क्षेत्रको भ्रमण पछि प्रतिक्रिया दिदैं उनीहरुले पर्यटन बोर्डले साझासंग सहकार्य गरी शुरु गरेको यो बस सेवाले आन्तरिक तथा बाह्य पर्यटकलाई काठमाण्डौका सम्पदा घुम्न सहज हुने तथा यसबाट पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए ।

मिस नेपाल अर्थ— २०२३ रेना मजगैयाले हप अल हप अफ बस मार्फत सम्पदा क्षेत्रको यात्रा गर्दा रमाइलो अनुभूती भएको बताउनु भयो । ‘काठमाण्डौ आफैमा खुल्ला संग्राहलय हो । यहाँ जति घुमेपनि नसकिने असंख्य सम्पदाहरु छन् । यो बस सेवाले कम्तीमा पनि विश्व सम्पदासूचीमा सुचीकृति महत्वपूर्ण गन्त्यमा यात्रा गर्न सकिने छ । ’ उहाँले भन्नु भयो ।

图片_20230612101111

यस्तै मिस नेपाल बल्र्ड –२०२३ श्रीच्छा प्रधानले सधै घुमिरहेको ठाउँ भएपनि हप हन हप अफ बस यात्रा नौलो अनुभव भएको प्रतिक्रिया दिनुभयो । ‘ यी बसहरु विद्युतीय तथा अपाङ्गमैत्री रहेछन् । नेपाल पर्यटन बोर्डले शुरु गरेको यो सेवाले आन्तरिक तथा बाह्य पर्यटन पर्वद्ध्रन हुने छ भन्ने लाग्दछ । ‘ उहाँले भन्नु भयो ।

मिस नेपाल इन्टरनेशनल– २०२३ प्रसिद्धि शाहले पर्यटन प्रर्वद्धनका लागि विभिन्न खालका पूर्वाधार आवश्यक हुने उल्ल्ेख गर्दै यो पनि पर्यटनका लागि नयाँ पूर्वाधार भएको बताउनु भयो । उहाँले भन्नु भयो । ‘यो आफैमा सराह्नीय कार्य हो । काठमाण्डौमा रहने वा काठमाण्डौं घुम्न आउने हामी सबैले यो बस मार्फत सम्पदा यात्रा गर्दा पक्क्ै पन फ।क अनुभव र अनुभूती हुने छ । त्यसैले म सबैलाई यो बस मार्फत यात्रा गर्न अनुरोध पनि गर्दछु । ’

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धननजय रेग्मीले उपत्यकाको पर्यटन प्रर्वद्धनका लागि बोर्डले साझासँग सहकार्यमा यो सेवा शुरु गरेको र सबैलाई जानकारी दिँदै विस्तारै प्रर्वद्धन गर्ने उद्देश्यले मिस नेपालका प्रतिष्पर्धीहरुलाई पनि यो बस मार्फतसम्पदा यात्रा गराइएको बताउनु भयो ।

‘विश्वका प्रमुख शहरहरुमा यस प्रकारका बस सेवाहरु सञ्चालन भएको पाइन्छ । हामीले ढिलै भएपनि सम्पदा घुम्ती बस सेवाको शुरु गरेका छौं । यसलाई सफल र प्रभावकारी बनाउन निजी क्षेत्रका संगठन र व्यवसायीहरुसँग समन्वय र सहकार्य आवश्यक छ ।’ उहाँले भन्नु भयो ।

图片_20230612101126

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराती र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले गत जेठ ९ गते ललितपुरबाट सम्पदा घुम्ती बस सेवाको शुभारम्भ गर्नु भएको थियो । सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतिय बसहरु सञ्चालनमा रहेका छन् ।

साझा यातायातका अनुसार सम्पदा घुम्ती बस विहान ८ः०० बजे देखी बेलुकी ६ः०० बजे सम्म संचालन भइरहेका छन् । जसअनुसार बस जाँदा साझा यातायात, पुल्चोक टुरिष्ट बसपार्क (ललितपुर महानगरपालिका नजिक),महाकाल मन्दिर, आर्मी हस्पिटल, जमल, दरबारमार्ग, नारायणहिटी दरबार संग्रहालय, कमलपोखरी, पशुपतिनाथ मन्दिर स्थित टुरिष्ट बसपार्क, गौशाला, चाबहिल चौक, तारागाँउ संग्रहालय हँुदै बौद्ध पुग्ने छ । यस्तै फर्किदा तारागाँउ संग्रहालय, बौद्ध,चावहिल चोक,नारायण गोपाल चोक,गंगबु बसपार्क, स्वयम्भु भगवान पाउ, छाउनी संग्रहालय, परोपकार (कालीमाटी) कालीमाटी चोकबाट बल्खु चोक, रिङरोड हुदै एकान्तकुना, सदर चिडियाखाना, जावलाखेल चोक हँदै साझा यातायात, पुल्चोक आउने छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर