नेभिगेसन मेनु

पोखरा विमानस्थलमा भारतीयभन्दा पहिला चिनियाँ उडान, 'नियमित उडान' पनि चीनकै?
सम्पादक:南亚网络电视
समय:2023-06-14 15:12

dda8dcf0-09c6-11ee-b5af-25e80c61c11a

चीनले आर्थिक र प्राविधिक सहायतामा बनाइदिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत उडान गर्ने प्रयत्नमा प्रगति नभएका बेला चिनियाँ पक्षले पहिलो उडान गर्ने निश्चित भएको अधिकारीहरूले बताएका छन्।

त्यसपछि थप उडानको बाटो खुल्ने चिनियाँ तथा नेपाली अधिकारी सम्मिलित एउटा बैठकपछि सोमवार बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “चिनियाँ पक्षले जून २१ मा पोखरा र छेङ्गदुबीच प्रत्यक्ष उडान हुने र त्यसले थप उडानहरूका लागि बाटो खुला हुने पुष्टि गरेको छ।”

चीनले बनाइदिएको अन्तर्राष्ट्रिय विमानस्थल गत ज्यानुअरीदेखि सञ्चालनमा आए पनि त्यहाँबाट अन्तर्राष्ट्रिय उडानहरू हुन सकेका छैनन्।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीन जोडिएकाले नेपालले हवाई रुट नपाएको हो? पोखरामा चाँडै चीनबाट आउने विमान अवतरण हुने सम्भावना, भारत उडानको अवस्था के

हाल चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने विषयले प्रवेश पाएको बताइएको छ।

अध्यक्ष तिमिल्सिनाले बेइजिङमा चिनियाँ जनकङ्ग्रेसको स्थायी कमिटीका अध्यक्ष झाओ लेजीसँग गरेको दुई पक्षीय भेटवार्तामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको विषय पनि उठेको विज्ञप्तिमा जनाइएको छ।

भारतबाट थप हवाई रुट प्राप्त गर्ने सहितका विषयमा गतिरोध देखापरिरहेका बेला चीनले उड्डयनसहितका क्षेत्रमा सहकार्यको धारणा व्यक्त गर्नुलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन्।

झन्डै २८ अर्ब चिनियाँ ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनमा आए लगत्तै यति एअरलाइन्सको विमान दुर्घटनामा परेको थियो।

त्यसमाथि कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवाले उडानको इच्छा नदेखाएपछि अर्को वर्षबाट ऋण तिर्ने भाका रहेको सो विमानस्थलको भविष्यलाई लिएर चिन्ताहरू प्रकट हुने गरेका छन्।

पहिलो उडानमा को आउँदै छन्?

पोखरामा अवतरण गर्ने भनिएको पहिलो चार्टर्ड विमानमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना नेपाल आइपुग्ने तयारी छ।

तिमिल्सिनाले भने, “हामी त्यही उडानबाट फर्कने भनिएको छ। यो चार्टर्ड फ्लाइट हो, तर यसको सुरुवात भएपछि भविष्यमा जति सहज हुँदै जान्छ, अरू उडानहरू पनि स्वाभाविक ढङ्गले हुन्छ। पहिलो सन्देशका रूपमा चार्टर्ड उडानमा त्यहाँ जाने भन्ने कुरा छ।”

हाल चीनको भ्रमणमा रहेका उनले आगामी दिनमा पोखरा र भैरहवामा चीनबाट नियमित उडान हुने अपेक्षा गरेको बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने पोखरामा अन्तर्राष्ट्रिय उडान गर्ने योजना अब के होला

उनले बेइजिङ र साङ्घाईमा चिनियाँ अधिकारीहरूसँग भएको छलफलमा आफूले त्यसबारे कुरा राखेको बीबीसीलाई बताए।

उनले भने, “साङ्घाईबाट सीधा उडान भयो भने त्यसले गर्दा साङ्घाईको औद्योगिक र व्यापारिक क्षेत्रको पनि नेपालले लाभ लिनसक्छ। नेपाली व्यापारीहरू पनि सोझै आउन सक्छन् र यहाँबाट धार्मिक पर्यटकहरू लुम्बिनी जान सक्ने र अन्य पर्यटकहरू पोखरा जान सक्छन् भन्ने हिसाबले कुरा भएको छ।”

उनले पोखरा महानगरले साङ्घाईसँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको धारणा पनि आफूले साङ्घाईका अधिकारीहरूसँग राखेको बताए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा पनि अन्तर्राष्ट्रिय उडान भएको छैनतस्बिरको क्याप्शन,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान भएको छैन

पोखरामा दुईवटा चार्टर्ड उडान गर्दै चिनियाँ वायुसेवा

नेपाली अधिकारीहरूले आगामी साता दुईवटा चार्टर्ड उडान चीनको छेङ्गदुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरी पूर्वतयारी अघि बढाइएको जनाएका छन्।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, “आगामी जून २१ र २२ तारिखमा सिचुआन एअरलाइन्सले दुईवटा चार्टर्ड उडान गर्ने भन्ने कुरा छ।”

उनले चिनियाँ पक्षले उक्त विमानस्थलमा नियमित उडान गर्ने इच्छा जनाएको पनि उल्लेख गरे।

“अहिले पोखरामा आउने भनेको न्यारो बडी विमान हो। उहाँहरूले औपचारिक पत्र बुझाएर अहिले चार्टर्ड उडान गर्ने र पछि नियमित उडान गर्ने भन्नुभएको छ।”

चिनियाँ जनकङ्ग्रेसका अध्यक्षको कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा दश वर्षअघि बेइजिङले ‘बेल्ट एन्ड रोड’ अभियान प्रस्तुत गरेको तथा चीन र नेपालबीच बेल्ट एन्ड रोड सहकार्यले परिणाम दिएको उल्लेख गरिएको छ।

रेखा जब दुई इन्चको मुसाले ३७ घण्टा व्यावसायिक उडान रोक्यो२२ मई २०२३ नेपाली विमानलाई सिड्नीका लागि 'स्लट', कहिले सुरु होला उडान२६ मई २०२३ पोखरामा अब राति पनि उडान, अन्य कुन सहरबाट छ सम्भव३ मार्च २०२३ रेखा

चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बेल्ट एन्ड रोड सहकार्यको हिस्साका रूपमा प्रस्तुत गरेको भए पनि नेपाली पक्षले त्यसलाई स्वीकार गरेको पाइँदैन।

राष्ट्रियसभाका अध्यक्षको भ्रमणका क्रममा दुईपक्षबीच सडक, रेलवे, उड्डयन, बन्दरगाह र प्रसारणलाइन निर्माण जस्ता क्षेत्रमा सहकार्य गरेर व्यापार, लगानी, औद्योगिक पार्क र ऊर्जाका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको चिनियाँ पक्षले जनाएको छ।

बीबीसीले काठमाण्डूस्थित चिनियाँ राजदूतावासलाई उक्त विमानस्थलबाट हुने भनिएको उडानबारेमा प्रश्न गरेको भए पनि जवाफ प्राप्त भइसकेको छैन।

किन आउन लाग्दैछन् चार्टर्ड विमान ? पोखरा

बुझिएअनुसार नेपाल पर्यटन बोर्ड, काठमाण्डूस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाबीच भएको सम्झौताअन्तर्गत हुन लागेको एउटा पर्यटकीय कार्यक्रमलाई लक्षित गरी ती चार्टर्ड उडान हुन लागेका हुन्।

'नेपाल-चाइना फ्रेन्डशिप ड्रयागन बोट' रेस प्रतियोगिता पोखराको फेवा तालमा आगामी जून २३ र जुन २४ तारिखमा आयोजना हुँदै छ।

आयोजकहरूका तर्फबाट जारी गरिएको विज्ञप्तिमा उक्त ड्रयागन डुङ्गा रेस ५० वटाभन्दा बढी देशमा आयोजना भइसकेको र दक्षिण एशियामा पहिलो पटक नेपालमा हुन गइरहेको उल्लेख छ।

आकाशमै नेपाली विमानलाई ‘असुरक्षा’ हुने गरी उडान गरेका एअर इन्डियाका पाइलटमाथि छानबिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा किन यति जोडबल

चाइनिज टूर अपरेटर्स असोसिएशन नेपालका अध्यक्ष विश्वेश श्रेष्ठ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै उडान हुन सके त्यसबाट फाइदा पुग्न सक्ने ठान्छन्।

उनी भन्छन् , “अहिलेकै चिनियाँ पर्यटकको दैनिक कार्यक्रम हेर्ने हो भने उनीहरू करिब एक दिन मात्रै काठमाण्डूमा बस्छन्। बाँकी समय काठमाण्डू बाहिर नै बिताउने गर्छन्। पोखरामा प्रत्यक्ष उडान भयो भने प्राकृतिक रूपमा आकर्षण गर्ने धेरै ठाउँहरू भएकाले त्यसले धेरै ठुलो फड्को लिनसक्छ।”

उनले नयाँ दिल्ली लगायतका भारतका सहरहरूमा उडान गर्न सकिए पोखरामा भारतीय पर्यटकहरूलाई पनि आकर्षित गर्न सकिने बताए।

निजी क्षेत्रको एउटा नेपाली वायुसेवा बुद्ध एअरले भारतबाट सोझै पोखरा उडान गर्ने प्रयास अघि बढाएको पनि त्यसका लागि उसले अनुमति प्राप्त गर्न नसकेको बताइएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर