नेभिगेसन मेनु

नेपाल साहसिक पर्यटकीय गन्तव्य
सम्पादक:南亚网络电视
समय:2023-06-07 13:48

Untitled-1 (17)

कार्यक्रमका अध्यक्षज्यू,

उपस्थित महानुभावहरू,

कूटनीतिक प्रवासी सदस्यहरू, 

वक्ताहरू, प्रतिनिधिहरू,

पत्रकार मित्र, पाटा नेपाल विद्यार्थी च्याप्टरका पर्यटन व्यवसायी, विशिष्ट अतिथि,

महिला तथा सज्जनवृन्द,  

नमस्ते र शुभ सन्ध्या ।

नेपालको सुन्दर सहर काठमाडौँमा चौथो हिमालय ट्राभल मार्टमा तपाईंहरू सबैलाई स्वागत गर्न पाउँदा मलाई गर्व लागेको छ । नेपाल सरकारका तर्फबाट विश्वभरका सम्माननीय व्यक्तित्वहरू, सरकारी अधिकारीहरू, वैचारिक नेतागण, वक्ताहरू, विश्वव्यापी क्रेता र बिक्रेता, यात्रा ब्लगर, पत्रकार मित्र र प्रतिनिधिहरूलाई म न्यानो स्वागत गर्दछु ।

नेपाल र समग्र हिमाली क्षेत्रको पर्यटन प्रवर्धन गर्न आज २०८० जेठ २३ देखि असार ९ गतेसम्म हुने यस कार्यक्रम महत्वपूर्ण मञ्च बनेको छ । ‘हिमालको प्रवेशद्वार’ का रूपमा चिनिने नेपालले विश्वमा यात्रा गर्ने समुदायलाई आफ्नो विविध प्रस्तुति प्रदर्शन गर्न पाउँदा मलाई गर्वानुभूति भएको छ ।

अतुलनीय प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र विभिन्न सेवा दिन सक्ने नेपाल पवित्र भूमि हो । नेपालमा गरिने अतिथि सत्कारले यात्रुको आवश्यकता र रुचि अनुसार अविस्मरणीय अनुभवलाई सुनिश्चित गरेको हुन्छ ।

साथै यसले आध्यात्मिक जागरणको प्रतिनिधित्व गर्दै र विविधतामा एकताको उदाहरण दिँदै गौतम बुद्धको पवित्र जन्मस्थल भएको प्रमाणित गर्छ । मनोरम परिदृश्यदेखि विभिन्न वनस्पति र जीवजन्तुसम्म र सचेत यात्रुको आवश्यकता पूरा गराउन नेपालले विभिन्न आकर्षण उपलब्ध गराउँछ ।

नेपाल साहसिक पर्यटकीय गन्तव्य मात्रै नभएर प्रचुर मात्राका मूर्त र अमूर्त सम्पदाको प्रस्थानविन्दु पनि हो । हामीसँग समृद्ध सांस्कृतिक सम्पदा, आश्चर्यजनक कला र वास्तुकला, तीर्थस्थल, योग र ध्यान केन्द्र र समग्र कल्याण केन्द्र छन् । यी विविध प्रस्तुतिका आकर्षणले आगन्तुकलाई वर्षभर मोहित बनाउँछ । अद्वितीय प्राकृतिक सौन्दर्य, न्यानो र मित्रवत् जनताप्रति उदीयमान आर्थिक महाशक्ति देशहरू भारत र चीनबिचमा अवस्थित नेपालले गर्व गर्छ । सबै प्रकारका जनता र सबै मौसमी पर्यटनमा नेपाल केन्द्रित हुन प्रतिबद्ध छ ।

पर्यटन उद्योगको अपार सम्भावनालाई चिन्ने क्रममा अझैँ धेरै गर्न बाँकी रहेको कुरा पनि हामी स्वीकार गर्छौं । पर्यटन हाम्रो उच्च प्राथमिकतामा पर्छ र हामी पूर्वाधार विकासमा लगानी गर्दै छौँ । डिजिटल प्रविधिलाई अँगालेर, दिगोपन र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै र विभिन्न क्षेत्रमा लगानी गर्न विश्वव्यापी समुदायलाई हामी आमन्त्रित गर्दछौँ । कम लगानीमा उच्च प्रतिफल र न्यूनतम वातावरणीय प्रभावमा लगानीकर्ता र आगन्तुकहरूका लागि पर्यटन उद्योगका लागि नेपालले विभिन्न अवसर प्रदान गर्दछ ।

नेपाललाई विश्वव्यापी प्रतिस्पर्धात्मक र अद्वितीय यात्रा गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो उद्देश्य छ । यो लक्ष्य पूरा गर्न हामीले भर्खरै पर्यटन दशक २०२३–२०३२ घोषणा गरेका छौँ । साथै हामीले पूर्वाधारको सुधार, यातायात सुविधाको स्तरोन्नति, नीतिगत सुधार कार्यान्वयन गर्ने, उड्डयन क्षेत्रको सुदृढीकरण, निजी क्षेत्रको सहकार्यलाई प्रवर्धन गर्ने र दिगो पर्यटन अभ्यास प्रवर्धनलगायतका प्रमुख प्राथमिकताका खाका कोरेका छौँ । १६ औँ आवधिक योजनाको मस्यौदा तयार हुँदै छ । पर्यापर्यटन, सामुदायिक संलग्नता र आफैँलाई एक सचेत गन्तव्यका रूपमा स्थापित गर्न लक्षित क्षेत्रलाई मूल धारमा ल्याइने छ ।

यात्रा ‘ट्राभल’ उद्योगलाई सहयोग गर्न, पूर्वाधार सुधार गर्न र प्रतिस्पर्धी सेवा प्रदान गर्न उद्यमीलाई सशक्त बनाउन नेपाल सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।

भूमण्डलीय अर्थतन्त्र, भूमण्डलीय शान्ति र सहयोगमा भएका केही उतारचढावले पर्यटन क्षेत्रमा नराम्रो असर गरेको छ । त्यसै गरी यो विश्वव्यापी महामारीको चपेटामा र डरलाग्दो विश्वव्यापी जलवायु सङ्कटको प्रभावमा परेको छ । जलवायु परिवर्तनले नेपालका पर्यटन उद्योगमा पारेको असरविरुद्ध आवाज उठाउने बेला आएको छ ।

विश्वव्यापी महामारीपछि पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम र अन्य प्रतिष्ठित सङ्घसंस्थाको संयुक्त प्रयास र विश्वव्यापी सहकार्यले महìवपूर्ण भूमिका खेलेको छ । यहाँँहरूको भीमकाय प्रतिबद्धताका साथ ‘हिमालय ट्राभल मार्ट’ ले महामारीपछिको पर्यटनमा पुनर्ताजगी, बजारीकरण र नेपालको पर्यटन क्षेत्रको प्रवर्धनका लागि नयाँ ‘बेन्चमार्क’ कायम गर्ने छ भन्नेमा हामी दृढ सङ्कल्पित छौँ । ‘हिमालय ट्राभल मार्ट’ले पर्यटन उद्योगमा सरोकारवालाहरूलाई अभिसरण गर्न, विचार आदानप्रदान गर्न, अनुभव साझा गर्न र उच्च प्राथमिकतामा परेका क्षेत्रको श्रीवृद्धिलाई नयाँ तरिकाद्वारा अन्वेषण गर्न उत्कृष्ट मञ्चका रूपमा काम गर्दछ ।

उत्पादनशील र फलदायी कार्यक्रमका लागि सबै सहभागीलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । दिगो र उत्तरदायी पर्यटनको विकास हासिल गर्ने हाम्रो साझा लक्ष्यका लागि हात मिलाएर नेपालमा मात्र नभई सिङ्गो हिमाली क्षेत्र र विश्वमा काम गरौँ ।

महान् उत्साह र आशाका साथ ‘हिमालय ट्राभल मार्ट– २०२३’ पूर्णतः सफल हुन्छ भन्नेमा म विश्वस्त छु । 

पुनः एक पटक यहाँहरूको अमूल्य उपस्थितिका लागि धन्यवाद र नेपालमा तपाईंहरूको मनोरञ्जनात्मक बसाइका लागि शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

(प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजधानीमा मङ्गलबारदेखि सुरु भएको चारदिने हिमालयन ट्राभल मार्ट उद्घाटन कार्यव्रmमलाई गर्नुभएको सम्बोधनको पूर्ण पाठ ।)   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर