नेभिगेसन मेनु

पर्यटकको आगमन बढ्यो पूर्वाधार सञ्चालन कहिले ?
सम्पादक:南亚网络电视
समय:2023-07-03 12:52

Untitled-1 (2)

काठमाडौँ, असार १८ गते । पर्यटक आगमनको गति बढे पनि सोही क्षेत्रको प्रवर्धनका लागि निर्मित पूर्वाधारको समुचित उपयोग हुन नसक्दा पर्यटन उद्यमकै दिगोपनामा असर गर्ने देखिएको छ ।

सन् २०२३ को छ महिनामा पौने पाँच लाख विदेशी पर्यटक नेपाल भ्रमणमा गरेका छन् । अध्यामन विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि जुनसम्म चार लाख ७६ हजार ४८१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

कोरोना महामारीले प्रभावित भएको पर्यटन आगमन सङ्ख्या पछिल्लो समय गति लिने क्रममा झन्डै २०१९ कै हाराहारीमा पुगेको देखिन्छ । 

पछिल्लो महिना नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गए पनि पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन पर्यटकीय पूर्वाधारको विकास र सञ्चालनमा जोड दिन आवश्यक रहेको पर्यटन व्यवसायीको धारणा छ । होटल एसोसिएसन अफ नेपालका अध्यक्ष विनायक शाहले भन्नुभयो, “तथ्याङ्कमा पाहुनाको सङ्ख्या बढे पनि अहिले देशभर रहेका होटलको क्षमताको एक चौथाइ मात्रै होटल भरिभराउ रहेका छन् । बनेका विमानस्थल सञ्चालनमा आउन नसक्दा र पर्यटकीय गन्तव्यतर्फका सडकको दुरवस्थाले थप पर्यटक नेपाल भित्र्याउन समस्या देखिएको छ ।”

सञ्चालनमा आइसकेका पोखरा र गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा भारत र चीनबाट मात्रै नियमित उडान सञ्चालन गर्न सकिए पर्यटकीय पूर्वाधारमा भएको लगानीले प्रतिफल पाउने उहाँले बताउनुभयो । सरकारले वार्षिक बजेट र नीति तथा कार्यक्रममा मात्रै उक्त परियोजना सञ्चालनबारे योजना बनाउनुभन्दा सञ्चालनको रणनीति प्रस्ट पार्न सके पाहुनाको आगमन दर बढ्न सक्ने उहाँको विश्वास छ ।

त्यस्तै नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष नीलहरि बास्कोटाले गर्मी छल्न आउने पर्यटकभन्दा खर्चालु पर्यटक भित्र्याउन राज्यको ध्यान जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “महँगो हवाई भाडा र सडक मार्गलगायतका सास्तीले नेपाल आउने चाहने पर्यटकको सङ्ख्यामा असर गरिरहेको छ । विभिन्न सेवा शुल्कमा छुटका योजनासहित बाह्य हवाई सञ्जालको सङ्ख्या बढाएर पर्यटकलाई आकर्षित गर्ने थप योजना अघि सार्नु पर्छ ।”

यस वर्षको जनवरीमा ५५ हजार ७४, फेबु्रअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६ र अप्रिलमा ९८ हजार ७७३ र मेमा ७७ हजार ७०३ र जुनमा ७२ हजार २५० पर्यटक नेपाल भित्रिएका हुन् । 

विभागका अनुसार पछिल्लो महिना जुनमा सबैभन्दा बढी भारतबाट ३८ हजार ८५४, अमेरिकाबाट आठ हजार ४७०, चीनबाट तीन हजार ३४३, बङ्गलादेशबाट दुई हजार ४०२, बेलायतबाट एक हजार ९९२, अस्ट्रेलियाबाट एक हजार ६३९, मलेसियाबाट एक हजार ७९ र साउदी अरबबाट ८८८ पर्यटन नेपाल भ्रमणमा आएका छन् ।

विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार जुन महिनामा मेको तुलनामा पाँच हजार ४५३ जना कम पर्यटक नेपाल भित्रिएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेबु्रअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३ र मेमा ७७ हजार ७०३ पर्यटक नेपाल भित्रिएका थिए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर